धरान : धरानको सेवक अभियानले १२६ औं पदयात्रा प्रदेश नं २ को राजधानी जनकपुरमा सम्पन गरेको छ ।

सेवक अभियानलले आयोजना गरेको १२६ औं पदयात्रामा १२५ जना पदयात्रीहरुले सहभागिता जनाएको संस्थाका अध्यक्ष राजिव हलवाईले जानकारी दिए । शनिबार विहान ६ बजे धरानबाट चतराको कोशी हुँदै रामपुर र सिरहाको सहलेश फूलबारी धार्मिक वन समुहमा सेवक अभियानले सरसफाई गरि जनकपुरधामको शवदाह स्थलमा पुगेर टुंगिएको थियो ।

२०७२ सालमा स्थापित यस संस्थाले प्रत्येक शनिबार पदयात्रा तथा अन्य सामाजिक गतिविधि गर्दै आईरहेको प्रदेश नं १ मा मात्र नभएर देशभर नै बिस्तार गर्ने उक्त संस्थाका अध्यक्ष हलवाईले बताए ।

sewak-k