पृथ्वी हत्या काण्डः दुई सुरक्षाकर्मीसहित तीन पक्राउ

  • माघ २८, २०७६
  • ३६१ पटक पढिएको
  • कपुरीन्यूज
alt

ओखलढुंगा : ओखलढुंगामा व्यक्ति हत्याको आरोपमा एक प्रहरी र एक सेनाका जवानसहित तीन जनालाई पक्राउ गरिएको छ ।

मदिरा सेवनका कारण मृत्यु भएको भनिएको पृथ्वीबहादुर बानियाँको हत्यामा संलग्नलाई प्रहरीले छ महिनापछि तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय समेत रहेका नेपाल प्रहरीमा कार्यरत चेतबहादुर बानियाँ, नेपाली सेनामा कार्यरत सन्तोष बानियाँ र व्यापारी कुमार वाग्ले रहेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका वडा-९ का ४१ वर्षिय पृथ्वीबहादुर बानियाँ स्वास्थ्य चौकी ज्यामिरेमा कार्यरत थिए । बानियाँ गत भदौ ४ गते दिउँसो कुमार वाग्लेको घर नजिक मृत फेला परेका थिए । लामो अनुसन्धानपछि कसुर गर्ने व्यक्ति पक्राउ गरि म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओेखलढुंगाले जनाएको छ । अदालतले २ पटक म्याद थप गरिसकेको र सोमबार अदालतमा बयान सकिएको हुँदा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ परेर हिरासत चलान भएसँगै नेपाली सेना र प्रहरीमा कार्यरत चेतबहादुर र सन्तोष जागिरबाट निलम्बनमा परी सकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved