ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स म्याद सकियो तर पुल बनेन शीर्षकको समाचार छापिएको छ । धरान ५ स्थित देउराली खैरेनी जोड्ने अँधेरी खोलाको पक्की पुल निर्माण कार्यमा ठेकेदार कम्पनी एचएम विल्डर्सको सुस्तताका कारण ठेक्का अवधि सकिएपनि पुलको काम आधा पनि सकिएको छैन । २ वर्षभित्र निर्माण कार्य सक्ने गरि सडक विभागबाट ठेक्का पाएको इनरुवाको निर्माण कम्पनीले ठेक्का पाएको इनरुवाको निर्माण कम्पनीले ठेक्का अवधि अवधि समाप्त भएको ८ महिना बितिसकेको छ । पुलको निरिक्षण गर्दै आएको पुल आयोजना सेक्टर वान धरान कार्यालयकी सव इञ्जिनियर विविता शाहले पुलको म्याद गत असारमै समाप्त भएको बताइन् । शाहले पुल निर्माणमा सुस्तता आएपछि विभिन्न चरणमा लिखित तथा मौखिक ताकेता गर्दा पनि ठेकेदार र हसवुल मियाँले कुनै चासो नदेखाएको बताइन् । उनले भनिन्, ‘पिलर निर्माण भइसकेको छ, स्ल्याव ढलाईबाहेक पनि धेरै कामहरु छन्, तर काम भइरहेको छैन ।’ उनले पुल निर्माणको म्याद थप भए नभएको आफूलाई थाहाँ नभएको बताईन् । ८ महिना देखि नै कहिले जेसिवी बिग्रेकाले ढलान गर्ने ठाउँ सम्याउन नपाएको त, कहिले रड बुन्ने काम भइरहेको तथा सेटिङको काम भइरहेको भन्दै आएको स्थानीयहरुले बताएकाछन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दो शीर्षकको समाचार छापिएको छ । प्रदेश १ मा मानवअधिकार उल्लङ्घनका घटना बढ्दो क्रममा रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधबार विराटनगरमा सार्वजनिक गरेको तथ्यांकले प्रदेशमा वर्षेनी मानवअधिकार उल्लङ्घनका घटना बढेको पाइएको छ । सन् २०१८ को तुलनामा २०१९ मा ६८ जना बढी मानवअधिकार उल्लङ्घनका घटनाबाट ८ सय ५५ जना पीडित भएकामा ३ सय ३५ महिला, ३ सय १ जना बालबालिका छन् । २०१८ मा ७ सय ८७ र २०१७मा ६ सय ९४ जना पीडित भएका थिए । देशभरमा गएको वर्ष ६ हजार ५ सय ४२ जना पीडित भएका थिए । तारको घटनामा ८३, हत्याका घटनामा इन्सेकका प्रदेश संयोजक सोमराज थापाले राज्य पक्षबाट हुने मानवअधिकार उल्लङघनका घटना पनि अघिल्लो वर्षको तुलनामा बढेको बताए । २०१९ मा ७७ जना पीडित भए । यस अवधिमा राज्य पक्षबाट २ जनाको हत्या, ४ जनामाथि कुटपिट, ६ जना कुटपिटबाट घाइते भए ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा अव्यवस्थित तारले इटहरी कुरुप शीर्षकको समाचार छापिएको छ । जथाभावी टाँगिएको अन्यवस्थित विद्युत र टेलिफोनको तारले इटहरीको शहरी स्वरुप विकृत बन्दै गएको छ । विद्युत प्राधिकरणले बिजुलीका लागि लगाएको खम्बामै विभिन्न सेवा प्रदायक कम्पनिहरुले टेलिफोन, केबल र इन्टरनेटका तार जथाभावी टाँगी दिदा बजारको कुरुप बन्दै गएको हो । जथाभावी पोलमा तार टाङ्ने कार्य भइरहेको अवस्थाका बारेमा विद्युत प्राधिकरणले भन चासो राखेको पाइन्न । शहरको शोभा नै बिगार्ने गरि टाँगिएका तारहरु यत्रतत्र देखिन्छन् । इटहरीका धेरै जसो बिजुलीका पोलहरुमा अन्य सेवा कम्पनीहरुको जथाभावी टाँगेको तारका कारण बिजुलीको पोल माकुराको जालो जस्तो देखिन्छन् ।