ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स अनलाइन सपिङको ठगी प्रकरणः ९ जना विरुद्ध मुद्दा दायर शीर्षकको समाचार छापिएको छ । अन्तर्राष्ट्रिय नेटवर्क बनाएर अनलाइन सपिङका नाममा ठगी गर्ने गिरोहका मुख्य नाइकेसहित ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । मोरङ प्रहरीले पक्राउ गरेको ठगी गर्ने गिरोहका मुख्य नाइके मोरङ सुन्दरहरैचाँ नगरपालिका ३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्य सहित ९ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बिहीबार मुद्दा दर्ता गरेको हो । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत अदालतमा आपराधिक समूह स्थापना, सञ्चालन गरी बैङकिङ कसूर र सरकारी दस्तखत कीर्ते मुद्दामा परेका ८ र १ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो । प्रहरीले अनलाइन सपिङको नाममा ठगी आरोपमा खोटाङ जन्तेढुंगा ४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीय देवि चौलागाई, धरान उपमहानगरपालिका २० विष्णुपादुकाकी २० वर्षीया भावना राई, १९ वर्षीया सरिता परियार, २० वर्षीया बर्षा कार्की २३ वर्षीया सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्कीलाई पक्राउ गरेको थियो । ठगीमा संलग्न इटहरी ४ की वर्षीया मधुकुमारी आचार्यलाई फरार प्रतिवादी बनाएको छ ।

औजार : आजको औजार दैनिकमा खानेपानी संघर्ष समिति आन्दोलनमा जाने चेतावनी शीर्षकको समाचार छापिएको छ । दिर्घकालीन खानेपानी व्यवस्थापन समितिले उठाएका मागहरु सम्बोधन नगरे आन्दोलनमा जाने बिहिबार जनसरोकार मञ्चले चेतावनी दिएको छ । पत्रकार सम्मेलन गरेर उक्त चेतावनी दिएको हो । व्यवस्थापन समितिले धरानको खानेपानी समस्या समाधानको लागी आईयुडिपी खानेपानी परियोजनाले सम्झौता अवधि सकिदाँ समेत काम सम्पन्न नगरेको र प्रतिबद्ध गरेअनुरुपको खानेपानी उत्पादन गर्न नसकेको बताउँदै आयोजनाप्रति विरोध आपत्ति जनाएका छन् । आयोजनाले आयोजना अवधि समाप्त हुदा हुदै पनि खानेपानी समस्या ज्युँ का त्युँ रहेको आयोजना समितिकिा उपसंयोजक हर्क साम्पाङले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दो शीर्षकको समाचार छापिएको छ । प्रदेश १ मा मानवअधिकार उल्लङ्घनका घटना बढ्दो क्रममा रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधबार विराटनगरमा सार्वजनिक गरेको तथ्यांकले प्रदेशमा वर्षेनी मानवअधिकार उल्लङ्घनका घटना बढेको पाइएको छ । सन् २०१८ को तुलनामा २०१९ मा ६८ जना बढी मानवअधिकार उल्लङ्घनका घटनाबाट ८ सय ५५ जना पीडित भएकामा ३ सय ३५ महिला, ३ सय १ जना बालबालिका छन् । २०१८ मा ७ सय ८७ र २०१७मा ६ सय ९४ जना पीडित भएका थिए । देशभरमा गएको वर्ष ६ हजार ५ सय ४२ जना पीडित भएका थिए । तारको घटनामा ८३, हत्याका घटनामा इन्सेकका प्रदेश संयोजक सोमराज थापाले राज्य पक्षबाट हुने मानवअधिकार उल्लङघनका घटना पनि अघिल्लो वर्षको तुलनामा बढेको बताए । २०१९ मा ७७ जना पीडित भए । यस अवधिमा राज्य पक्षबाट २ जनाको हत्या, ४ जनामाथि कुटपिट, ६ जना कुटपिटबाट घाइते भए ।