दोलखा :  जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बसले ठक्कर दिएको थियो ।

थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ । बालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का स्थायी बासिन्दा हुन् ।