धरान  : प्राइम लाइफ इन्सुरेन्स धरान शाखाले मृत्यु दाबी गरेका बिमितका परिवारलाई नियम अनुसार बिमितले मृत्युपछि पाउनु पर्नै रकम हस्तान्तरण गरेको छ ।
धरान १५ सुकुम्वासी टोलका पवन कुमार थापा मगरले २०७४ साल देखि प्राइम लाइफ इन्सुरेन्समा बिमा गरेको तर र तेश्रो पटक बिमा शुल्क रकम बुझाउन नपाउँदै लिभर ड्यामेज भई उपचारको क्रममा धरान वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । थापाको मृत्यु पछि प्राइम लाइफ इन्सुरेन्स धरान शाखाले थापाको मृत्यु दावी कागज मागेको थियो र मृत्यु दावी कागजपत्र पाएको भोलिपल्ट नै निजको हकवाला नाताले छोरा गणेश थापा मगरलाई मृत्युदाबी बापत १ लाख ६० हजार ५ सयको चेक भुक्तानी दिईएको प्राइम लाइफ इन्सुरेन्स धरानकी म्यानेजर कोपिला राईले बताईन । 

प्राइम लाइफ इन्सुरेन्स धरान शाखा सञ्चालक प्रमुख चन्द्र विर प्रकाश सिंह भन्छन “बिमाको महत्व दिनदिनै बढिरहेको छ, बिमा निश्चित अवधिका लागि गरिन्छ उक्त अवधिमा बिमितको निधन भएमा कम्पनीले क्षतिपुर्ति भुक्तानी गर्छ । बिमा जोखिम ब्यवस्थापनको एक महत्वपुर्ण औजार हो ।"