धरान : धरानमा १८ औ अन्नपुर्ण साँझ आउदो मंगलबार हुने भएको छ । धरान १६ स्थित जनपथ जागरन समाजको आयोजना तथा अन्नपुर्ण युवा क्लवको संयोजनमा अन्नपुर्ण चौकमा उक्त साँझ हुने भएको हो । कार्यक्रममा गायक शिव लामिछानेको प्रस्तुति हुने क्लवका अध्यक्ष किरण बराइलीले बताए । उनका अनुसार कार्यक्रममा धरानका वल्किङ्ग क्लाउड व्याण्ड, इलुमिनेट व्याण्ड र फन्क फ्युजन डान्स सेन्टरको प्रस्तुति समेत रहने छन् ।

विगतका वर्षहरुमा तिहार लक्षित साँझको आयोजना गदै आएको समाजले नेपाल भ्रमण वर्षलाई लक्षित गरेर कार्यक्रमसंगै वडामा रहेका विभिन्न स्थानीय पर्यटकीय क्षेत्रको प्रबद्र्धनको लागि आयोजना गरेको जनाएको छ । कार्यक्रमको अघिल्लो दिन सोमबार रक्तदान कार्यक्रम रहेको क्लवले जनाएको छ । विभिन्न सामाजिक सेवामा क्लव क्रियाशिल रहेको छ ।