-नियमित शारीरिक व्यायाम गर्ने । दिनको कम्तीमा आधा घन्टादेखि एक घन्टा छिटो-छिटो हिँड्ने बानीको विकास गर्ने ।

 -धेरै नुनिलो, गुलियो र चिल्लो वा बोसोयुक्त खानेकुरा नखाने ।

 -सन्तुलित भोजन गर्ने, जस्तै-हरियो सागपात र फलफूल बढी खाने ।

 -धूम्रपान, मद्यपान, लागुपदार्थ र सुर्तीजन्य पदार्थको सेवन नगर्ने ।

 -लगातार घाँटी दुख्ने वा रुघाखोकी लाग्ने समस्या भए वेलैमा स्वास्थ्य परीक्षण गराउने ।

 -बाथरोगको समयमै पहिचान गरी उपचार गराउने ।

 -समय-समयमा स्वास्थ्य परीक्षण गराउने बानी बसाल्ने ।

 -तनाव लिँदासमेत मुटुमा समस्या आउन सक्छ । त्यसैले दैनिक जीवनमा धेरै तनाव नलिने ।

 -प्रदूषणले मुटुमा असर गर्ने भएकाले धुलो-धुवाँबाट बच्न मास्क प्रयोग गर्ने ।

 -आरामदायी जीवनशैलीले समेत मुटुमा समस्या ल्याउने गर्छ । त्यसैले सकभर गाडी वा मोटरसाइकलको साटो साइकल प्रयोग गर्ने ।

-मोटोपना घटाउने र अव्यवस्थित जीवनशैलीमा सुधार ल्याउने ।

 -जंकफुड र केमिकलयुक्त खानेकुराले मुटुलाई असर गरिरहेको हुन्छ । त्यसैले यस्ता खानेकुरा सेवन नगर्ने । गर्नैपरे कम मात्रामा गर्ने ।

 -उच्च रक्तचापले समेत मुटुमा असर गर्न सक्छ । त्यसैले प्रेसरलाई नियन्त्रणमा ल्याउने ।

 डा. दिवाकर शर्मा, कार्डियोलोजी विभाग प्रमुख, ह्याम्स अस्पताल