धरान : ‘प्रभु बैंक धरान १० के रन आठौं नेवा च्यारिटी खुला पुरुषतर्फ तिर्थ पुन र महिलातर्फ सन्तोषि श्रेष्ठले उपाधि जितेका छन् ।

धरान रन समूहद्वारा आयोजनामा शनिबार विहान सम्पन्न रनमा उनीहरुले उपाधि जितेका हुन् । यो संगै पुनले पाँचौं पटक उपाधि जितेका हुन् । बाग्लुङ ढोरपाटनका उनी धरान रनमा लगातारका पाँचौं विजेता हुन् । पुनले १० किलोमिटरको दुरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गरे । उनी पेशाले भारतीय सेनामा कार्यरत छन् ।

यस्तै, महिलातर्फ श्रेष्ठले निर्धा्रित दुरी ३४ मिनेट २३ सेकण्डमा पूरा गदै दोस्रो पटक उपाधि हात पारिन् । उनी चौथो संस्करणकी विजेता समेत हुन् । धादिङ घर भएकी उनी गत वर्ष यही प्रतियोगितामा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बनेकी थिइन् । भर्खरै सम्पन्न साफ गेममा दौडमा श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन् । उपाधि विजेता पुन र श्रेष्ठले जनही नगद ५० हजारसहित ट्रफी हात पारे ।

यस्तै, खुल्ला पुरुषतर्फ दोस्रो र तेस्रो क्रमसः लक्ष्मण मल्ल र खिम बहादुर खत्री भए । दोस्रो बनेका मल्लले निर्धारित दुरी ३१ मिनेट ३३ सेकेण्डमा पूरा गर्दा तेस्रो बनेका खत्रीले ३१ मिनेट ३५ सेकेण्डमा निर्धा्रित दुरी पूरा गरे । उनीहरु दुबै जना सशस्त्र प्रहरी बल (एपिएफ)मा कार्यरत छन् ।

यस्तै, खुल्ला महिलातर्फ दोस्रो र तेस्रो क्रमसः राममाया बुढा र धनुकटा भेडेटारकी छेम्बीमायाँ राई बनिन् ।

दोस्रो बनेकी बुढाले निर्धारित दुरी ४० मिनेट ३४ सेकेण्डमा पूरा गर्दा राईले ४२ मिनेट ०२ सेकेण्डमा पूरा गदै तेस्रो स्थान पक्का गरिन् । खुल्ला पुरुष र महिलातर्फका दोस्रो र तेस्रोले क्रममा जनही ३० हजार र २० हजारसहित ट्रफी हात पारे ।

यस्तै, १६ वर्ष मुनीका पुरुषतर्फ किरण लिम्बु र महिलातर्फ जुम्लाकी बन्दना बुढा प्रथम बने । पुरुषतर्फ दोस्रो र तेस्रो क्रमसः रसियन राई र रोजन राई बने भने महिलातर्फ क्रिष्टिना राई दोस्रो र प्रशंसा बन तेस्रो बनिन् ।

यस्तै, १२ वर्ष मुनी पुरुषतर्फ अनिष लिम्बु र महिलातर्फ प्रश्ना भण्डारी प्रथम बने । दोस्रो र तेस्रो क्रमसः सुजन राई र दिवश राई बने । महिलातर्फ दोस्रो र तेस्रो क्रमसः किसिका तामाङ र कुशुम राई तेस्रो बनिन् ।

यस्तै, भेट्रान पुरुषतर्फ दिल बहादुर श्रेष्ठ र महिलातर्फ दार्जि्लिङकी छिरिङ लम्हु प्रथम बनिन् । यस्तै, दोस्रो र तेस्रो क्रमसः धर्म महर्जन र सुबर्ण सुब्बा बने । महिलातर्फ भिम माया राई र गीता देवी लिम्बु क्रमसः दोस्रो र तेस्रो बनिन् । उनीहरुले प्रथम, दोस्रो र तेस्रो विजेताले क्रमसः जनही नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी हात पारे । विजेता खेलाडीहरुलाई नगद तथा ट्रफी धरान उपमहानगरपालिकाका मेयर तिलक राई, मिस नेपाल वल्र्ड २०१८ श्रृखला खतिवडा, आयोजक धरान रन समूहका अध्यक्ष रोमू राई, संस्थापक अध्यक्ष सन्तोष राईलगायतले प्रदान गरेका थिए । निर्धा्रित दुरी पूरा गर्ने सबै उमेर समूहका २ हजार जना धावक धाविकाहरुलाई मेडल प्रदान गरिएको थियो । विहान साढे ७ बजे रन सुरु भएको थियो । यूके, हङकङ, सिंगापूर, मलेसिया, बंगलादेश, भारतसहित नेपालका ४ हजार धावक धाविकाहरुले रनमा भाग लिएका थिए ।

10-k