झापा : बुद्दशान्ती गाँउपालिका-४ बस्ने २१ बर्षीय अमिर लिम्बु लागुऔषध सहित पक्राउ परेका छन । शुक्रबार बेलुका साढे ८ बजे काँकडभिट्टा सिमा एरियाबाट प्रहरीले लिम्बुलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

आफ्नै मुख भित्र ब्राउनसुगर प्लास्टिकमा पोको पारी राखेको अवस्थामा लिम्बुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । निजलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।