इटहरी : तीर्थयात्राको क्रममा भारतको तामिलनाडु राज्यमा सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको नाममा इटहरी उपमहानगरपालिकाले शोक प्रस्ताब पारित गरेको छ । दुर्घटनामा परि मृत्यु हुने १० जना मध्ये ६ जना इटहरीका स्थायी बासिन्दा रहेका छन् ।

इटहरी उपमहानगरको मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले परिवारजनमा समवेदना ब्यक्त गर्दै कार्यपालिकाबाट शोक प्रस्ताब पारित गराएका हुन् । इटहरी वडा नम्वर १३ का वडाध्यक्ष शिव नारायण चौधरीका साथमा मृतकको घर घर पुगेर मेयर र उपमेयर गौतमले सिङ्गगो इटहरीनै शोकमा रहेको जनाउदै धैर्यधारण गर्न परिवारजनलाई आग्रह गरेका छन् ।

bus-acccident

२०७६ फागुन १० गते वसेको इटहरी उपमहानगरको ७१ औं कार्यपालिकाको वैठक शोक प्रस्ताव पारित गर्दै स्थगीत गरेको छ । शोकाकुल परिवारजनले आफन्तहरुको शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरे अनुरुप उपमहानगरले पनि केन्द्र सरकार संग सहयोगको माग गरेको छ । तीर्थयात्रा गएकाहरू सवार बस विहिबार बिहानै सलेम-बैंगलोर राष्ट्रिय राजमार्गमा दुर्घटना हुँदा छ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा परी घाइते भएका १४ जनाको सरकारी मोहन कुमारामंगलम मेडिकल कलेजमा उपचार भइरहेको वताइएको छ ।