काठमाडौं : अमेरिकाले एमसीसीको मूल समझौता संशोधन नगर्ने अडान राखेको छ । एमसीसी समझौताको आधार परिमाजैनपछि अनुमोदन गर्नुपर्ने नेपालको प्रस्तावमा अमेरिकी अधिकारीहरुले यस्तो अडान राखेका हुन् ।

एमसीसीबारे उत्पन्न विवाद र समाधानको उपायबारे सरकारले नेकपा कार्यदलको प्रतिवेदन आउनुअघि नै अमेरिकी अधिकारीहरुसँग छलफल गरेको थियो । अमेरिका एमसीसीको सहायक सम्झौता परिमामर्जनमा भने सकारात्मक देखिएको छ ।

एमसीसीबारे नेपालमा विवाद उत्पन्न भएपछि अमेरिकाले नौ महिनामा दजैन बढी उच्च अधिकारी र राजनीतिक नेतृत्व पठाइसकेको छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट