इटहरी : इटहरी ६ स्थित मोर्डन प्रिपेरेटरी सेकेण्डरी बिद्यालयले आफ्नो रजत जयन्ती तथा अभिभावक दिवस सम्पन्न गरेको छ। इटहरीको पुराना बिद्यालयहरु मध्येको उक्त बिद्यालयले आफ्नो स्थापनाको २७ वर्ष पुगेको उपलक्षमा उक्त कार्यक्रम आयोजना गरेको हो।

शनिवार इटहरी ६ स्थित बिद्यालय प्रांगणमा अयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै इटहरी वडा नम्बर ६ का वडाअध्यक्ष दिपक गौतमले इटहरीको क्षेत्र शैक्षिक बिकासमा मोर्डन प्रिपेरेटरी माध्यमिक विद्यालयको योगदानको स्मरण गरेका छन्।

कार्यक्रममा बोल्दै प्याब्सन प्रदेश १ का सचिव सुमित थापाले गौरवपूर्ण इतिहाँस बोकेको बिद्यालयमा आएर आफ्ना कुरा राख्न पाउँदा खुसी लागेको बताए। थापाले पछिल्लो समयमा सरकारले नीजी बिद्यालयहरुलाई धरासायी बनाउँन बिभिन्न प्रप्रंच रचेको बताउँदै प्याब्सनले त्यसका बिरुद्दमा संघर्ष गर्ने बताए। उनले भने, ‘गुणस्तरीय शिक्षाको बिकासमा नीजी बिद्यालयहरुले सम्झौता गर्दैनन्।’

कार्यक्रममा अभिभावकका तर्फबाट बोल्दै इटहरी संगीत साधना प्रतिस्ठान नेपालका महासचिव एवं नागरिक समाज इटहरीका राजु केसीले महंगो शुल्क लिदैंमा शिक्षाको गुणस्तर राम्रो हुन्छ भनेर ढुक्क हुन नसकिने बताए। उनले मोर्डन सेकेण्डरी स्कुलले नयाँ ब्यवास्थापनसँगै सुलभ शुल्कमा विद्यार्थीको सर्वांङ्गगिण बिकाशमा नयाँ प्रयोग र अभ्यास सुरु गरेकोमा खुसी ब्यक्त गरे।

बिद्यालय संचालक समितिका अध्यक्ष संजिव वाग्लेले बिद्यालयले बिद्यार्थीको सर्वाङ्गगिण बिकाशमा ध्यान दिएको बताए। शिक्षा आर्जन गर्नु भनेको मानिसले आफुले जन्मजात लिएर आएको गुण र क्षमतालाई निखार्नु भएको बताउँदै मोर्डन प्रिपेरेटरी स्कुलले वास्तविक र पूर्ण शिक्षाको अवधारणालाई मुर्तरुप दिन नयाँ योजनाहरु बनाएर लागु गरेको बताए।

उक्त कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले बिभिन्न संस्कृति झल्कने नृत्य, नाटक, प्रहसन, कबिता र व्यंग्य प्रस्तुत गरेका थिए। ६ घण्टा सम्म निरन्तर चलेको कार्यक्रममा सयौंको संख्यामा अभिभावकहरुको उपस्थिति रहेको थियो।