धरान : धरान उपमहानगरपालिका १४ नं. वडा कार्यालयले १२ वटा टोल विकास संस्था र एक विद्यालयलाई अग्नि नियन्त्रणयन्त्र वितरण गरेको छ । शनिबार एक कार्यक्रम आयोजना गरि धरान उपमहानगरपालिका मेयर तिलक राईले १३ थान अग्नि नियन्त्रण यन्त्र वितरण गरेका हुन ।

आगलागिबाट हुने क्षति न्युनिकरण गर्न अग्नि नियन्त्रण गर्ने सामग्रि वितरण गरिएको वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए । उक्त कार्यक्रममा पहिलो र दाश्रो चरण गरि १२ टोल विकास र एक बिद्यालय गरि १३ अग्नि नियन्त्रक सामग्री वितरण गरीएको थियो । कार्यक्रममा अग्नि नियन्त्रय गर्ने यन्त्र कसरी प्रयोगमा ल्याउने भनेर विजयपुर चोकमै आगो बालेर अग्नि नियन्त्रण यन्त्रद्वारा बलेको आगो निभईएको थियो । कार्यक्रमा संजिता धमला र भैरव आङ्गलालाई पत्रकारिता पुरस्कार नगर २५ सय र प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

Vijayapur-News-2

प्रमुख अतिथि राईले मन्तब्यकै क्रममा वडा नं १४ ले अन्य वडाभन्दा फरक तथा उदाहरणीय  र सचेतनामुलक कार्य गरेको भन्दै अझ राम्रो गर्न शुभकामना  दिए । अन्य वडालाई पनि भइपरी अवस्थाबाट बच्न र बचाउन अग्नि नियन्त्रण यन्त्र राख्न अनुरोध गर्दै धरानलाई आगलागीको जोखिम मुक्त नगर बनाउन जोड दिने बताए ।
कार्यक्रमलाई समापन गर्ने क्रममा वडाध्यक्ष भट्टराईले प्रदेश नं १ कै नमुना क्षेत्र बनाउन र धार्मिक पर्यटन बिकासका लागि निरन्तर लागिरहेको बताउँदै आफ्नो पारिश्रमिक सेवा सुविधा नागरिकता बनाउन लाग्ने शूल्कमा छुट भएको घोषणा गरेका छन । प्रमुख अतिथि मेयर तिलक राई द्वारा सोम बहादुर डंगोललाई हयुल चियर पनि प्रदान गरिएको थियो ।