मुम्बई : भारतमा भएको प्रदर्शनका क्रममा चार जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेका बेला विवादास्पद नयाँ नागरिक कानूनको विरोधमा राजधानी नयाँ दिल्लीमा भएको प्रदर्शनका क्रममा तीनजना प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भएको हो । गत वर्ष पारित भएको नयाँ कानूनले मुस्लिम बाहुल्य मुलुकका गैरमुस्लिम आप्रवासीलाई माफी दिने कानुन पारित गरेको थियो ।

नयाँ कानुनको समर्थक र विरोधीहरुबीच भएको झडपमा कयौ घाइते भएको समाचारमा जनाइएको छ । बहुसंख्यक हिन्दु समर्थक रहेका शरमा नयाँ कानुनी व्यवस्थाको विरोध भएको छ । उत्तर पूर्वी दिल्लीको मुसलमान बाहुल्य रहेका स्थानमा गत वर्षबाट आन्दोलन सुरु भएको हो । नवनिर्वा्चित दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कानुनी व्यवस्था सहज बनाउन संघीय सरकारसँग आग्रह गरेका छन् ।

उनले नागरिकहरुबीचको हिंसाले मुलुकलाई जटिलतातर्फ धकेल्ने भन्दै तत्काल समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षणसमेत गराएका हुन् । यसैबीच दुई दिने भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्ले आज प्रधानमन्त्री मोदीको गृहनगर गुजरातमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।