एजेन्सी : अमेरिकामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु भएको छ । घटनामा बन्धुकधारी पनि मारिएको अमेरिकी अधिकारीले जनाएको छ ।

अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीस्थित मोल्सोन कुर्स ब्रेविङ कम्पनी क्याम्पसमा गोली चल्दा पाँच जनाको मृत्यु भएको हो । घटनामा   मिल्वाकीका स्थानीय बन्दुकधारीको पनि मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।   एक हजार भन्दा बढी कामदार  रहेको उक्त कम्पनीमा काम गरिरहेको अवस्थामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएको  मिल्वाकी प्रहरी प्रमुख अल्फोन्सो मोराल्सले जनाएको छ । मृतकहरु सबै कम्पनीका कर्मचारी नै हुन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृतकका परिवारमा गहिरो समवेदना व्यक्त प्रकट गरेका छन् ।