इलाम : पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई हराउँदै शहिद स्मारक लिग बिजेता मछिन्द्र क्लब इलाममा जारी माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

मछिन्द्रले मानेभञ्ज्याङलाई ३–० हरायो । लिग बिजेताका लागी रेजिन सुब्बाले २ र एडिलाजा सोमिडेले १ गोल गरे । खेलको १९ औ मिनेटमा मछिन्द्रले रेजिनको गोलबाट अग्रता बनायो । रन्जित धिमालको पासमा रेजिनले लेफ्ट फ्लाङकबाट गरेको प्रहार सिधै जाली चुम्यो ।

२ मिनेट नवित्दै सोमिडेले अग्रता दोव्वर बनाए । रन्जितको कर्नरमा पेनाल्टी एरियाबाट सोमिडेको हेडरले जाली चुमेपछि मछिन्द्रले २–० को अग्रता बनायो । दोश्रो हाफमा अझ आक्रमक बनेको मछिन्द्रले विपक्षी टोलीलाई दबाबमा राख्दै एकपछि अर्को आक्रमण बुन्यो । खेलको ८६ औ मिनेटमा रेजिनले तेश्रो गोल गरे ।

वान भर्सेस वानको अवस्थामा मानेभञ्ज्याङका गोलरक्षक फ्रोलिक्सन खारलाई बिट गराउँदै रेजिनले व्यक्तिगत दोश्रो गोल गरेपछि स्पष्ट जितका साथ मछिन्द्र दोश्रो पटक फाइनल पुग्यो । यसअघि तेश्रो सताक्षी गोल्डकपको उपाधी मछिन्द्रले जितेको थियो ।

खेलमा दुवै टिमले केही राम्रा मुभहरु बनाएपनि सदुपयोग गर्न सकेनन् । तेश्रो मिनेटमा गोलरक्षक विट भएको अवस्थामा सोमिडेको प्रहार फ्रेममा पर्न सकेन् । ३१ औ मिनेटमा रन्जितको शक्तिशाली प्रहार गोलरक्षक खारले पञ्च गरेर बाहिर पठाइदिए । ५९ औ मिनेटमा कप्तान बिराज मर्हजनको प्रहार फ्रेम नजिकैबाट बाहिरियो । खेलको २५ औ मिनेटमा मानेभञ्ज्याङका लक्ष्मण लामारेले वान भर्सेस वानको अवस्थमा मौका गुमाए । उनको अवसरलाई बिफल तुल्याउदै पिटर सेगुनले क्लियर गरिदिए । दोश्रो हाफको इन्जुरी समयमा मछिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठ बिट भएको अवस्थामा काउन्टर प्रहारलाई गोललाइनबाट सेगुनले बचाए ।

खेलपछि प्रतिक्रिया दिँदै मानेभञ्ज्याङका प्रशिक्षक रिवाङ भुटियाले रेफ्रीको पक्षपाती निर्णयले टिम प्रेसरमा पर्दै पराजित बनेको बताए । ‘ खेलको सुरुमै पाएको अवसरलाई रेफ्रीले पक्षपात पुर्ण अफसाइड दिएपछि केही दबाबमा प¥यौ ।’ उनले भने ‘ विपक्षी टिम बलियो थियो कम्युनिकेशनमा समस्या हुँदा गोल खान पुग्यौ ।’ उनले आगामी बर्ष बलियो टिम लिएर इलामे मैदानमा उत्र्ने बताए । कप्तान नियावक्लाराङ केन्डियाले राम्रा मुभहरुलाई सहि दिशा दिन नसक्दा पराजय भोगेको प्रतिक्रिया दिए । उनले पाएको केही अवसर सदुपयोग नहुनु र टिम कम्विनेसनमा केही समस्या महंगो परेको बताए ।

यता मछिन्द्रका प्रशिक्षक खेलाडीहरुको प्रर्दशनबाट सन्तुष्ट देखिए । ‘अघिल्लो खेलमा विपक्षीको प्रर्दशन हेरेर गाह्रो अपेक्षा गरिएको थियो त्यस्तो प्रेसर देखिएन् ।’ उनले भने ‘ सुरुको २५ मिनेट भित्रै गोल निस्किएपछि विपक्षीलाई दोश्रो हाफमा प्रेसर दिएर खेल्यौ ।’ विपक्षीको एटेक खतरा नभएकाले हल्का रुपमा लिएर खेल्दै जित निकालेको कट्बालले बताए ।

खेलमा दुवै टिमका २÷२ जना खेलाडीले पहेलो कार्ड पाए । मछिन्द्रका योगेश गुरुङ र रेजिन सुब्बाले पहेलो कार्ड पाउँदा मानेभञ्ज्याङका खाङमिकी पाले र लियो लालोले कार्ड पाए । जितसंगै मछिन्द्र कम्तीमा ५ लाख रुपैया सुरक्षित गरेको छ । खेलको म्यान अफ दि म्याच बिजेता टिमका डिफेन्डर देवेन्द्र तामाङ घोषित बन्दै नगद १० हजार प्राप्त गरे ।

प्रतियोगितामा मछिन्द्रले रुपन्देही र मानेभञ्ज्याङले २ संस्करणको माईभ्याली बिजेता झापा– ११ लाई हराउँदै सेमीफाइनल पुगेको थियो । भोली अन्तिम सेमीफाइनलमा घरेलु टिम माईभ्याली फुटबल क्लबले पहिलो संस्करणको बिजेता विभागीय टिम त्रिभुवन आर्मीसंग प्रतिस्पर्धा गर्नेछ ।