धरान : कोरोना भाइरस आशंका गरिएर टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका विरामी धरान आईपुगेका छन् ।

उनी दक्षिण कोरियाबाट फागुन २० गते नेपाल आईपुगेका हुन । धरान १० निवासी ४९ बर्षिय कोरोना आशंका गरिएका विरामी विहीवार दिउसो १ बजेको फ्लाईटबाट विराटनगर आईपुगेका थिए । त्यस पछि धरान आफ्नो घर आएर उनी श्रीमतिको साथमा दिउसो ४ बजे बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आफै पुगेका थिए ।

उनी टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भाग्ने कोरोना आशंका गरिएकै ब्यक्ति भएको प्रतिष्ठानले पुष्टि गरेको छ । ३१ महिना अघि दक्षिण कोरिया पुगेका ती मानिसलाई अहिले प्रतिष्ठानको आईसोलेसनमा राखेर उपचार गरिदै गरेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहाले बताए ।

प्रतिष्ठानको आईसोलेसनबाट पनि फेरी भागे 
कोरोना आशंका गरिएका ती व्याक्ति प्रतिष्ठानको आईसोलेसन वार्डबाट पनि भागेका थिए ।

काठमाण्डौको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेर धरान आईपुगेको र कोरोना प्रभावित देशबाट फर्किएकाले उनलाई विषेश निगारानीमा राखेर उपचार प्रतिष्ठानले गर्ने बताएको छ । तर प्रतिष्ठानको आईसोलेसन वार्डबाट पनि उनी भागेका थिए । भागेका उनलाई प्रतिष्ठानका सुरक्षा गार्ड , प्रहरी र चिकित्सकले नियन्त्रणमा लिएको बताईएको छ ।

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पनि भाग्नु र यहा पनि भाग्नु उनीमा मानसिक समस्या पनि हुन सक्ने बताईएको छ । उनको घाटीको स्याव र रे्यालको परिक्षण लिएर टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने र उतैबाट रिपोर्ट आएपछि मात्रै बास्तविकता थाहा हुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको अवस्थाको बारेमा भने केही खुलाईएको छैन ।