धरान : कोरोनाको आशंका गरिएका विरामीको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले परिक्षणका लागि स्वाब लिन नसकेको बताईएको छ ।

हिजो बीपीको आईसोलेसन वार्ड पनि भाग्ने प्रयास गरेका ति आशंका गरिएका विरामीको परिक्षणका लागि स्वाब लिन नसकेको प्रतिष्ठानले जनाएको छ । विरामीको बास्तविकता थाहा पाउन घाटीको स्याव, र्यालको परिक्षण गर्नुपर्ने हुन्छ ।

विरामीको स्वाब र र्याल थ्रि लेयरको प्याकमा विषेश तरिकाले राखि परिक्षणका लागि निश्चित समय अवधिमा परिक्षण गर्ने स्थल ल्याव पुर्याउनु पर्ने हुन्छ । त्यसका लागि परिक्षण गर्न स्वाब लिन नदिएको प्रतिष्ठान स्रोतले जनाएको छ ।

कोरोना भाइरस आशंका गरिएर टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका उनी हिजो धरान आईपुगेका हुन् ।

उनी दक्षिण कोरियाबाट फागुन २० गते नेपाल आईपुगेका थिए । धरान १० निवासी ४९ बर्षिय कोरोना आशंका गरिएका विरामी हिजो दिउसो १ बजेको फ्लाईटबाट विराटनगर आईपुगेका थिए । त्यस पछि धरान घर आएर उनी श्रीमतिको साथमा दिउसो ४ बजे बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आफै पुगेका थिए । उनी टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भाग्ने कोरोना आशंका गरिएकै ब्यक्ति भएको प्रतिष्ठानले पुष्टि गरिसकेको छ । ३१ महिना अघि दक्षिण कोरिया पुगेका ती मानिसलाई अहिले प्रतिष्ठानको आईसोलेसनमा राखेर उपचार गरिदै गरेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहाले बताएका छन् ।

कोरोना आशंका गरिएका ती व्याक्ति प्रतिष्ठानको आईसोलेसन वार्डबाट पनि हिजो विहिवार राति भागेका थिए । प्रतिष्ठानको आईसोलेसन वार्डबाट भागे पछि एक घण्टा पछि बल्ल नियन्त्रणमा लिएर पुनः आईसोलेन वार्डमा राखेर उपचार गराईको बताईएको छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पनि भाग्नु र यहा पनि भाग्नु उनीमा मानसिक समस्या हुन सक्ने बताईएको छ ।

उनको घाटीको स्वाब र रे्यालको परिक्षण लिएर टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने र उतैबाट रिपोर्ट आएपछि मात्रै बास्तविकता थाहा हुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको अवस्थाको बारेमा भने केही खुलाईएको छैन ।

आईसोलेसन वार्डमा कोही चिकित्सक प्रबेश नगरेको आफन्तको भनाई :

कोरोना आशंका गरिएका व्यक्ति हिजो देखि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसोलेसन वार्डमा उपचारमा छन भनिएको छ । तर उपचारका लागि अहिले सम्म एक जना पनि चिकित्सक स्वास्थ्य परिक्षणका लागि नआएको आशंका गरिएका विरामीका आफन्तले कपुरी न्यूजलाई बताए । उनलाई कोरोना होईन मानसिक समस्या हुन सक्ने आफन्तको दाबी छ । तर के कस्तो विरामी हो भनेर बुझ्न सम्म नआएको आफन्तले बताएका छन् । हिजो राति भाग्नुको कारण पनि त्यत्रो अस्पतालको कोठामा एक्लै विरामी आशंका गरिएको मानिस वस्नु डराएर भागेका हुन् ।

अहिले सम्म हिजो देखि केही खाएका पनि छैनन्  । प्रतिष्ठानमा आईसोलेसन नामको  मात्रै भयो भन्दै संचारकर्मीहरुलाई प्रतिष्ठानमा आएर बुझि दिन आग्रह आफन्तले गरेका छन् । आशंका गरिएका आफन्तका अनुसार विरामी भनिएकाको अवस्था सामान्य रहेको छ ।