एजेन्सी । कोरोना संक्रमणको त्रासका कारण कुवेतमा कामदार सहित सबै नागरिकलाई लागू हुने गरी १४ दिन अर्थात दुई हप्ताको सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

कुवेतले गल्फ अरेबियाली राज्यहरुबाट उडान भर्ने सबै सार्वजनिक उडानहरुलाई रद्द गरेको छ । शुक्रबारदेखि लागू हुने गरी १४ दिनको सार्वजनिक छु्ट्टी त्यहाँको सरकारले घोषणा गरेको हो । समाचार एजेन्सीका अनुसार, कुवेतबाट उडान भर्ने कमर्सियल जहाजहरुको उडान रोक लगाएको छ भने कार्गो उडानहरु मात्र अर्को सूचना जारी नभएसम्म रोकिएको जनाइएको छ ।

कुवेतका सरकारी अधिकारीहरुले मार्च १२ अर्थात आज (विहिबार) देखि मार्च २६ सम्म सार्वजनिक छु्ट्टीको घोषणा गरेको हो । विभिन्न देशबाट वैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका नागरिकहरुलाई समेत गरी सार्वजनिक विदा दिएको हो ।

मार्च २७ तारिखदेखि पुनः विधिवत रुपमा कार्य सँचालन हुने जनाइएको छ । तबसम्मको लागि कुवेतमा अत्यधिक आवश्यक अर्थात महत्वपूर्ण सेवा प्रदायक सँस्थाहरु बाहेक सबै बन्द रहने जनाइएको छ । कोरोना भाईरसको माहामारीलाई मध्यनजर गर्दै त्यहाँको सरकारले यो कदम उठाएको हो ।