धरान : धरान लगायत आसपासका क्षेत्रका मठ मन्दिर तथा धार्मिक क्षेत्रमा अर्को निर्णय नहुन्जेल सम्मकालागी बन्द गरिएको छ ।

धरान वडा नं १४ कार्यालयमा सोमबार वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई , नगर उप प्रमुख मञ्जु भण्डारी सहितकोको बैठकले आगमि चैत २१ गते सम्मकालागी सम्पुर्ण धार्मिक तिर्थस्थलहरु बन्द गर्न निर्णय गरेको हो ।

कोरोना भाइरस अप्रत्याशित ढङगले अनियन्त्रित रुपमा विश्वभरी फैलिएकाका कारण यसको संक्रमण फैलन नदिन सर्वसाधारण भक्तजनहरुको भिड हुने स्थान विजयपुरका प्रमुख मन्दिरहरु बुढासुब्बा, पिण्डेश्वर र दन्तकाली पंचकन्या मन्दिर चैत २१ गतेसम्मलाई भक्तजनहरुको लागि बन्द गरिएको वडा अध्यक्ष भट्टराईले जानकारी दिए ।

मन्दिरमा दैनिक नित्य पुजा भने हुने बताईएको छ ।

dantakali

यसैगरी सुनसरीको बराहाक्षेत्र मन्दिर पनि अनिश्चतकालका लागि भक्तजनका लागि बन्द गरिएको छ । बराहक्षेत्र मन्दिरका पुजारी योगेश भण्डारीका अनुसार मन्दिरमा दैनिक नित्यपुजा बाहेकका अरु कुनै पनि भेला हुनेखालका पुजा गर्न सर्वसाधरणलाई नआउन भनिएको उनले बताए ।