इटहरी : आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस प्रभावितहरुलाई राहत प्याकेज घोषणा गर्दै १५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

बैठकले भने खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने छ ।

सरकारले यही चैत ११ देखि १८ गतेसम्म लक-डाउनको निर्णय गरेको थियो । अब नयाँ निर्णयअनुसार यो २५ गतेसम्म निरन्तर चल्नेछ।