धरान : अत्याबस्यक सामाग्री खरिद गर्दा मासिको भिड भएको भन्दै धरानको कृषि बजारमा मानिसको दुरी निर्धारण गरी सर्वसाधरणलाई कोरोनाको जोखिमबाट बच्न का लागि चुनाले घेरा हालेको स्थानमा उभिएर मात्रै सामान खरिद गर्न दिन थालिएको छ ।

Krishi-Bazar-3

आईतबार कृषि उपज बजार स्थलमा तरकारीजन्य बस्तु खरिद गर्न पुगेका सर्वसाधरणको बाक्लो भिड बढेपछि कृषि उपज बजार स्थलले चुनाले रेखा कोरेर दुरी निर्धारण गरेको हो ।

Krishi-Bazar-2

तरकारीमा कालो बजारी भएको भन्दै सर्वसाधरण आईतबार धरान १३ स्थित कृषि बजारमा तरकारी खरिद गर्न पुगेका थिए । सो क्रममा बाक्लो मानिसको भिडलाई व्यावस्थित बनाउन यसो गरिएको कृषि उपज बजार स्थलका ब्यावस्थापक लक्ष्मण भट्टराईले बताए ।