पथरी : नेकपा निकट राष्ट्रिय युवा सङ्घ पथरीले अति विपन्न परिवारलाई राहत कार्यक्रम सुरु गरेको छ ।

पथरीशनिश्चरे नगर भित्रका अति विपन्न र श्रमजीवी लाई राहत स्वरूप चामल, नुन तेल र साबुन वितरण गर्न थालिएको हो ।
आइतबारबाट राहत वितरण सुरु गरिएको युवा सङ्घ पथरीशनिश्चरे नगर सहसंयोजक नवीन कार्कीले जानकारी दिए । आइतबारबाट सुरु गरिएको राहत वितरण कार्य पथरीशनिश्चरेका १० वटै वडामा गरिने कार्कीले बताए ।

लक डाउनका कारण समस्यामा परेका अति विपन्न परिवारका सदस्यलाई राहत स्वरूप १२ केजी चामल, १ पोका तेल र नुन वितरण गरिएको हो । राहतमा हात धुनकालागी साबुन पनि राखिएको छ । आइतबार पथरीशनिश्चरे १ का १३० परिवारलाई राहत वितरण गरिएको कार्कीले जानकारी दिए ।

करोनाका कारण कुनै पनि पथरीवासीलाई खानका लागी समस्या नहोस् भनेर राहत कार्यक्रम सुरु गरिएको हो । राहत वितरणमा युवा सङ्घका केन्द्रीय सदस्य विजय डाँगी, जिल्ला सदस्य मनि लुम्फुवा लगायत खटिएका छन् ।