धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको थ्रोब टेष्ट ल्याब सञ्चालनमा आएसंगै अहिले विभिन्न जिल्लाका शंकास्पद विरामीहरुको थ्रोट स्वाव संकलन कार्य शुरु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐयरले अहिले विभिन्न जिल्लाबाट परिक्षणकालागी नमुना आउने कार्य सुरु भएको बताए । डा. ऐरका अनुसार अहिलेसम्म मेचीबाट २, तेह्रथुमबाट १, विराटनगरबाट १, धनकुटाबाट १ परिक्षणकालागी नमुना संकलन भएको र धरानमा १ गरी ६ वटा  नमुना संकलन भएको छ ।

१० देखि १२ वटा नमुना आएपछि मात्र टेष्ट शुरु गरिने भएकोले अहिले  नमुना संकलन कार्य भइरहेकोले आज साझबाट टेष्ट शुरु हुनसक्ने प्रतिष्ठानकी माइक्रोबायाेलोजी विभागकी प्रमुख प्रा.डा. बसुधा खनालले जानकारी दिईन् ।  नमुना संकलन गर्ने काम भइरहेकोले आजैबाट टेष्ट शुरु हुने वा नहुने केही भन्न नसकिने उनले बताएका छन् ।

लकडाउनका कारण नमुना संकलन गर्न कठिनाइ भएका कारण आज १० बजेबाट गरिने भनिएको टेष्ट ढिलाई भएको पनि उनले जानकारी दिईन् ।
धरानमा कोरोनाको पहिलो चरणको १० टेष्ट कन्फर्म गर्नलाई केन्द्रिय प्रयोगशाला टेकु पठाइने छ ।
आईतबार बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परिक्षणका लागि ल्याब स्थापना भएको हो ।

हेल्प डेक्समा सोमबार ३ बजे सम्म नयाँ २१ जना आए
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेक्समा सोमबार ३ बजे सम्ममा नयाँ २१ जना कोरोना आशंकामा स्वास्थ्य परिक्षण गर्न आईपुगेका छन् ।

यो संगै प्रतिष्ठानको हेल्प डेक्समा आउनेहरुको संख्या १ सय १३ पुगेको छ । जस मध्ये प्रतिष्ठानको आईसोलेसनमा ४ जना भर्ना भएका छन् भने १० जना सरकारी क्वारेनटाईनमा र ९३ जना सेल्फ होम क्वारेनटाईनमा रेफर गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा। अशोक ऐरले बताएका छन् ।