धरान: धरान १४ स्थिति विजयपुरमा ऐतिहासिक धार्मिक पर्यटकिय स्थलहरु छन् । निकै भिडभाड ऐतिहासिक धार्मिकस्थलहरु लकडाउन भएपछि सुनसान छन् ।

बुढासुब्बा, दन्तकालि, पिण्डेश्वर र पञ्चकन्या मन्दिर प्रसिद्ध धार्मिक स्थलहरू हुन । जहाँ जुनसुकै बार जुनसुकै समय भिडभाड देखिन्थे । शनिवार तुलनात्मक हिसाबमा अलि बढी देखिन्छ, शनिवार विद्यालय र सरकारी कर्मचारी छुट्टी भएको हुनाले भक्तजन को सङ्ख्या निकै देखिन्छ।

Pindeswar-lockdown

मन्दिरप्रति आम मानिसहरूको ठुलो आस्था छ । जहाँ हिन्दु धर्ममा आस्था राख्ने भारतीय नागरिकको पनि भिडभाड निकै हुने गर्थ्यो । भने स्थानीय कै दैनिक गुजारा मन्दिरको फुल माला, खाजा, मन्दिरको प्रसाद उपहारबाट हुन्छ । मानिसको अरुबेला दिनहुँ दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूको भिड लाग्ने  मन्दिरहरू लकडाउन भए यता भने सुनसान छन् ।

दैनिक रूपमा बिहानी आरती र सन्ध्या आरती गरेपछि पुजारीहरूले मूल ढोकामा नै ताला बन्द गरेर जाने गर्दछन् । चैते दसैँमा भिडभाड हुने दन्तकालि मन्दिर पनि सुनसान छ।

स्थानीय प्रेम पराजुलीका अनुसार बुढासुब्बामा दर्शन गर्न र पूजा गर्न दैनिक हजारदेखि १५ सयको सङ्ख्यामा दर्शनार्थीहरु आउँथे । जहाँ कालो कपडा, बलि चढाउन आउने भक्तजनको भिड मङ्गलवार र शनिवार खरोबार भनेर आउने सङ्ख्या अहिले कोरोना भाइरस महामारीलाई रोक्नको लागि सरकारले लकडाउन घोषणा गरेसँगै मन्दिरहरू पनि सुनसान छन् ।

मन्दिर क्षेत्रमा पूजा सामग्रीको व्यावसाय गरेर गुजारा गरिरहेको परिवारलाई पनि लकडाउनले आर्थिकरुपमा प्रभाव पारेको बुढासुब्बामा व्यापार गरीरहेकी सिता बरालले बताइन । दन्तकाली मन्दिरमा पच्चिस वर्ष देखि आफू जुनसुकै अवस्थामा पनि धरान हुँदा दिनमा एक पटक आउने गरेपनि अहिले भने तस्बिरमा नै भाव राख्ने गरेको बराल बताउछिन्।

Budhasubba-Lockdown

पूजा सामाग्रीका दोकान विजयपुर मन्दिर परिसरमा मात्र करिब ७० वटा साना ठुला पसलहरू सञ्चालनमा छन् । अधिकांशका परिवार यही व्यवसायमा निर्भर भएको धरान वडा नम्बर १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउँछन् ।

भक्तजन निकै स्थानबाट अनगिन्ती आउने हुँदा कोरोना सङ्क्रमणको कम गर्न सरकारकाे पूर्व तयारीमा सरोकारवालाहरूको निर्णयलाई सहयोग गरेको भट्टराईले बताए ।