धरान : लकडाउन उलङ्घन गर्नेलाई धरानमा प्रहरीहरूले घुँडा टेकाएर राख्ने गरेका छन् ।

धरानको वडा प्रहरी कार्यालय अगाडि प्रहरीले दुई जना व्यक्तिलाई लकडाउन उलङ्घन गरेको भन्दै घुँडा टेकाएको भिडियो अहिले सामाजिक सञ्जालमा आएको छ ।

भानुचोक स्थित वडा प्रहरी कार्यालय अगाडि खिचिएको सो भिडियो मा दुई जना युवकलाई नेपाल प्रहरी र धरानको नगरप्रहरीले घुँडा टेकाएर सोधपुछ गरेको देखिन्छ ।