धरान : धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत सबै संकायका डेरामा बस्ने विधार्थीहरुलाई नेवि सङ्घ इकाई समितिले सहयोग गर्ने भएको छ । लकडाउनका कारण समस्यामा परेका सबै विद्यार्थी आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराउने र घरधनी संग भाडा छुट गर्न समेत पहल गरिने नेवि सङ्घ महेन्द्र बहुमुखी क्याम्पसका कार्यवहाक सभापति दोर्चि शेर्पा बताए ।

धरान महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययनका लागि विभिन्न जिल्लाबाट आएर डेरामा बसी अध्ययनरत विद्यार्थीको सङ्ख्या धरै रहेको हुनाले लकडाउन कार्यान्वयन गर्दै खाद्यान्न डेरामै पुर्‍याउन पहल गरिएको उनले बताए ।

लकडाउन लम्बिएको र विद्यार्थीबाट खाद्यान्न अभाव भएको जानकारी पाएपछि विद्यार्थीहरूलाई आफू बसेकै स्थानमा चामल, तेल, दाल,नुन, दैनिक प्रयोग गरिने औषधी, ग्यास लगायत अत्यावश्यक खाद्य सामाग्रीहरू राहत स्वरूप तत्काल उपलब्ध गराउने भएको हो ।

विद्यार्थी सामाजिक सञ्जाल तथा टेलिफोन गरेर सम्पर्कमा आउन समेत उनले आग्रह गरेका छन् ।