इटहरी : लकडाउनको मौका छोपी इटहरीमा ३५ रुपियाँ केजीमा पाइने आलु ७० रुपियाँ सम्ममा वेच्ने गरेको पाइएको छ ।

तरकारीजन्य बस्तुको अतिनै मुल्य बृद्धि भएको जनगुनासो आएपछि इटहरी उपमहानगरका उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी उपमहानगरले बजार अनुगमन गरेको छ ।

वजार अनुगमनका क्रममा खुद्रा सब्जि विक्रेताहरुले निक्कै भाउ वढाएको पाइएको थियो । उपभोक्ता हित संरक्षण समितिकि संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार होलसेल सब्जि ब्यापारीले भन्दा खुद्रा ब्यापारीले वढि मूल्य वढाएको पाइएको छ ।

मंगलबार खुद्रा र होलसेल गरि १० वटा पसलको अनुगमन गरियो । खुद्रा पसलेहरुले होलसेलवाटै महङगो आएको वताए । होलसेलपसलेहरुले त्यस्तो महङगो नगरेको जनाए । वजार अनुगमनमा होलसेल पसलवाट खरिद गरेको विल र विक्री गरेको मूल्य समेत जुधाएर हेरिएको उपमेयर गौतमले बताईन् ।

एउटा विल देखाएर अन्यन्त्रवाट सस्तोमा ल्याएको सब्जि समेत वेच्ने गरेको पाइएको छ । खादयान्न वाहेकका पसल गर्नेहरुले पनि सब्जि वेच्ने गरेको भेटिएको छ । मंगलबार खबरदारी र सचेत गराइएको छ उपमेयर गौतमले भनिन् अव त्यस्तो गरेको पाइए कानुन वमोजिम कारवाही हुने छ । वजार अनुगमन जारी राखिने उपमेयर गौतमले जानकारी दिएका छन् ।