धरान : धरान १५ स्थित बगरकोट नजिकै रहेको गोविन्द मार्गमा सञ्चालनमा रहेको एक बाख्रा फर्ममा आगलागी हुँदा फर्मका बाख्राका पाठाहरू पूर्ण रूपमा जलेर मरेका छन ।

स्थानीय कविता लिम्बुले सञ्चालन गरेको मनीषा फर्ममा आगलागी हुँदा बोयर र नमुना जातका ८ वटा माउ बाख्रा र ८ वटा पाठा जलेका छन् । एउटा सुगर मरेको र १६ वटा सुँगुरका पाठाहरू जलेका छन् ।

दिउँसो करिब डेढ बजेको समयमा लागेको आगोले करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीयको भनाई छ । स्थानीयले धरान प्रहरीलाई खबर गर्न साथ धरानबाट खटेको टोली घट्न स्थलमा पुगेको थियो । सो आगलागी उपमहानगरपालिकाको दमकलले  नियन्त्रणमा लिएकाे थियाे ।

सञ्चालक लिम्बुका अनुसार फर्मको छेउमा सरसफाइ गरिरहेको अवस्थामा एक्कासि बोतलमा आगो बालेर फ्याकेको जस्तो देखिएकाे र  भुईँमा राखेको परालमा सल्केर आगो फैलिएको थियो ।

फर्मको पूर्व पट्टिको खोरहरूमा रहेका बाख्रा र सुँगुरका पाठाहरू पुर्णरुपमा जलेको छ । बाटो तर्फबाट आगो फ्याकेले तल्लो छेउमा रहेको बाख्रा र सुगरमा क्षति पुगेको छ ।

फर्म सञ्चालनमा धेरै अघि देखि छिमेकी सँग पनि विवाद भइरहेको थियो । त्यसैले कसैले आगो लगाइदिएको हुन सक्ने उनको आशङ्का रहेको छ । विगत २१ वर्ष देखि बाख्रा तथा सुँगुर फर्म सञ्चालन गर्दै आएकी लिम्बुले ६३ साल देखि गोविन्द मार्गमा फर्म सञ्चालन गरेकी थिइन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपाने घटनाको विषयमा थप अनुसन्धान गर्ने जानकारी दिए ।