धरान : धरानका सुचना प्रविधि सम्बन्धि ज्ञान भएका स्थानिय युवाहरुले 'कोभिड १९ धरान' नामक एप्स निर्माण गरेका छन् । धरानलाई केन्द्रित गरेर बनाइएको एप्स निर्माण पछी धरान उपमहानगरलाई नि:शुल्क हस्तान्तरण गरेका छन्र ।

घरमा बसेर स्थानीय जनप्रतिनिधि लगायत सँग समन्वय गरेर कोरोना संक्रमणको जोखिममा भए नभएको जानकारी गराउने उपयोगी एप्स धरानका युवाहरुले तयार गरेका हुन् ।

कोरोना सम्बन्धि जानकारी दिने उक्त एप्स कोड इट, वि-धराने र प्रिमियर नेपालका युवाहरु मिलेर तयार गरेका हुन् । आइतबार लञ्च भएको सो एप्स एप्स सजल श्रेष्ठ, संगम शाक्य, गगन नेपाली र सुभम शर्माको समुहले तीन दिनमै यो एप्सको बनाएका हुन् ।

एप्स लन्च गर्दै धरानका मेयर राईले विपदको समयमा धराने युवाहरुले आफै एप्स तयार गरेर उपमहानगरलाई दिएकोमा खुशी व्यक्त गरेका थिए ।

अहिले विश्वमा नै कोरोना भाइरसले आतंक सृर्जना गरिरहेको र यो बेला एकअर्काबीचमा दुरी कायम गर्नुपर्ने भएकोले एप्प अत्यन्त उपयोगी सावित हुने छ ।

धरानका जनताहरुले आफु र आफ्नो परिवारको स्वास्थ्य स्थिति एप्सको माध्यमबाट जानकारी गराउन सक्छन् । एक जनाले डाउनलोड गरेको एप्सबाट परिवारको सबैको जानकारी गराउन सकिन्छ । त्यसरी दिइएको जानकारी वडा कार्यालय र उपमहानगरको स्वास्थ्य महाशाखालाई पनि तत्काल जानकारी पुग्ने भएकोले कुनै समस्या भए वा कोरोनाको सम्भावित लक्षण छ भने तत्काल पहिचान पनि हुन्छ ।

एप्समा धरानको फुड बैंकमा क कस्ले कति सहयोग गर्यो भन्ने अटोमेटिक अपडेट पनि देख्न सकिन्छ भने कसैलाई राहत आवश्यक भएको देखेमा तत्काल एप्समार्फत सम्बन्धित निकायमा जानकारी गराएर राहत दिलाउन पनि सकिन्छ । कोही व्यक्ति कोरोनाको शंकास्पद देखिएमा पनि रिपोर्ट गर्न सकिन्छ ।

धरान उपमहानगरपालिकाको वेभसाइट (https://www.dharan.gov.np/?p=2538) बाट एप्स डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ । गुगल प्ले स्टोरमा प्राविधिक समस्याले गर्दा तत्काल भने उपलब्ध नभएको कम्पनीले बताएका छन् ।

kovid-next

एप्सका विशेषताहरु :

# आफु सन्चो भएको र नभएको जानकारी गराउन सकिने
# कोरोना सम्बन्धित लक्ष्यणहरु भएको या नभएको जानकारी पाउन सकिने
# कोरोना भाइरसको बारेमा जानकारी पाउन सकिने
# कोरोना भाइरस सम्बन्धि प्राय सोधिने प्रश्न उत्तरहरु पाउन सकिने
# आफु बाच्ने र अरुलाई बचाउने तरिकाबारे जानकारी पाउन सकिने
# विश्वभरको पछिल्लो कोरोना संक्रमितहरुको संख्या जानकारी पाउन सकिने
# विदेशबाट आएका वा कोरोना संक्रमणका सम्भावित व्यक्तिहरु आसपास भए जानकारी गराउन सकिने
# आवश्यक स्वास्थ्य संस्था अन्तर्गतको नम्बर र हेल्पलाइनमा सजिलै सम्पर्क गरी परामर्श लिन सकिने
# सम्बन्धित वडाका जनप्रतिनिधिसंग सजिलै सम्पर्क गर्न सकिने
# आसपास भएका विपन्न व्यक्तिहरुको सहि पहिचान गराउनु मद्दत गर्न सकिने
# फुड बैंक मा राहत दिनको लागि राहत समितिमा सिधै सम्पर्क गर्न सकिने
# सम्पूर्ण धरानभित्र संकलन भएको खाद्यान्न सहयोगको नामावली सहित जानकारी पाउन सकिने