धरान : सुनसरी र झापामा भएका दुइ छुट्टाछुट्टै दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको कोशी गाउँपालिका २ का ४८ बर्षीय शिवु यादवको बैलगाडाबाट लडेर मृत्यु भएको छ ।

आईतबार अपरान्ह ५ बजे सोही स्थानबाट यादवले बैलगाडा चलाई खेतमा गँहु लिन जाने क्रममा बैलगाडा नहरको खाल्डोमा परी पल्टदा गम्भिर घाईते भएका यादबको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा आईतबार बेलुका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यस्तै झापाको मेचिनगर ११ मिलडाँडा बस्ने ५६ बर्षीया तारादेबी कुमालको पानिमा डुबेर मृत्यु भएको छ ।

आईतबार बेलुका साढे ७ बजे छिमेकीको घरमा घुम्न आएको अवस्थामा आँगनमा पानि जमाउन बनाएको रिङमा लड्दा सोहि रिङमा डुबेर तारादेबीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।