ताप्लेजुङ : ताप्लेजुङमा स्काभेटर दुर्घटना हुँदा  चितवन ईच्छा मनकामना-३ सौराह बस्ने २७ बर्षीय चित्र कुमार गुरुङको मृत्यु भएको छ ।

आइतवार ताप्लेजुङ फक्तालुङ-६ फेदीखोला स्थित नयाँ निर्माणाधिन उत्तर दक्षि दोभान-ओलाङचुङगोला सडक खण्डमा स्काईभेटर सडक देखी १०० मिटर तल झरी दुर्घटना हुदा स्काईभेटर चालक गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।