धरान : धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैङ्कले प्रदेश एक र धरान उपमहानगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ ।

बैङ्कले प्रदेश एकमा पाँच लाख सहयोग गरेको हो भने धरान उपमहानगरको राहत कोषमा २ लाख सहयोग गरेको हो ।

बैङ्कका सञ्चालक समिति अध्यक्ष किशन मास्के, प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीप्रसाद बस्ती, सञ्चालक सदस्यहरू सरोज श्रेष्ठ, सुनिल श्रेष्ठले मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीलाई शुक्रवार चेक हस्तान्तरण गरेका थिए ।

बैङ्कका अध्यक्ष मास्केले आवश्यक परेमा थप सहयोग गर्ने बताएका छन् । चेक हस्तान्तरणको क्रममा अध्यक्ष मास्केले भने, ‘सहयोग रकम यो नै अन्तिम होइन, थप क्रिटिकल स्थिति सिर्जना भएमा थप रकम पनि सहयोग गर्न सकिन्छ ।’

बैकका सिइओ तुलसीप्रसाद बस्तीले धरान उपमहानगरमा व्यक्तिगत थप एक लाख २५ हजार समेत दिएका छन् ।

यसअघि पनि मितेरी बैंकले प्रदेशको कोषमा ५ लाख रुपैयाँ प्रदान गरेको थियो ।

Miteri-Donation-5-lakh