२०४६ साल पछि मुलुकमा विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजनहरु खुले । सववेव र मिडियमवेवमा मात्रै रेडियो सुन्ने स्रोताले एफएम रेडियो सुन्न थाले । सरकारी नेपाल टेलिभिजनमात्रै हेर्ने नेपालीहरुले अव निजि क्षेत्रहरुले संचालन गरेको टेलिभिजनहरु हेर्न थाले । ४६ सालपछि नेपालमा यति धेरै संचार क्षेत्रमा फडको आयो की भनिसाध्य छैन । यो संगै नेपाली युवा पुस्तामा मिडिया मोह बढेर गयो । नेपालमा संचार गृहहरु भटाभट खुल्न थाले भने त्यही रफ्तारमा नेपाली युवा पुस्ता पनि संचार क्षेत्रमा आर्क्र्षित हुन थाले । रोजगारीको बैकल्पीक रोजाई संचार क्षेत्र भयो । तर पछिल्लो समय च्याउसरी स्थापना तथा खोलिएका संचार गृहहरुको राम्रो व्यावस्थापन अभावका कारण अहिले युवा पुस्ता संचार क्षेत्रबाट पलायन हुन थालेका छन् ।
वर्तमान अवस्थामा हेर्दा नेपालमा पत्रकारीता एक चुनौतीपूर्ण पेशा बनेको छ । नेपालभरीका पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सबैमा काम गर्ने सञ्चारकर्मीहरुलाई गन्ने हो, र नेपाल पत्रकार महासंघमा आवद्ध भएको, आवद्ध हुनबाँकी सबैको संख्या गन्ने नै हो भने २० हजार हाराहारी पुग्छ । अब पत्रकारको अवस्था आर्थिकरुपमा भन्ने हो भने चाँहि ९५ प्रतिशतको अवस्था नाजुक छ । बाँकी ५ पतिशतको अवस्था मध्यम खालको छ । कर्पोरेट लेवलका रहेका १,२ प्रतिशत पत्रकारहरुको चाहि सहज छ । कर्पोरेट लेवलमा रहेको पत्रकारहरुको तलवभत्ता, सु्विधा राम्रो छ । तर, ती मिडिया हाउसका मोफसलमा कार्यरत रिपोर्टरहरुको अवस्था भने दयनिय नै छ ।
वर्तमान अवस्थामा नेपालमा एउटा मिडिया हाउसमा मात्र काम गरेर चाँहि जिविको पार्जन गर्न अत्यन्तै कठिन छ । एउटा पत्रकारले अहिले कम्तिमा पनि २ वटा मिडियामा काम गरिरहेका हुन्छन् । नेपालमा एउटा पत्रकारलाई कुनै रोग लागेमा, कसैको मृत्यु भएमा काजकिरिया वा परिवारमा कसैलाई दीर्घखालको रोग लागेर औषधी उपचार गर्नु परेमा चन्दा संकलन गर्नु पर्ने अवस्था छ । मिडियाको मुख्य आयश्रोत विज्ञापन हो । मिडिया हाउस पनि धेरै छन् । मिडिया हाउसमा विज्ञापन समानुपातिक रुपमा वितरण नभएर पनि मिडिया हाउसको अवस्था नाजुक छ ।
मिडिया हाउस सञ्चालन गरेर मात्र हुदैँन, त्यसलाई व्यवस्थित रुपले सञ्चालन गर्नुपर्ने हुन्छ । व्यवस्थित रुपले सञ्चालन गर्नका लागि विज्ञापन चाहिन्छ । कतिपय अवस्थामा नेपालमा मैले ५० वटा रेडियो एफएम स्टेशनहरु वन्द भएको सुनेको छु । त्यो बन्द हुनुको कारण आर्थिक अवस्था र व्यवस्थापन कमजोर भएर नै हो । अहिले मुलुकभर अनुमति लिइएका १ सय २५ टेलिभिजन, नियमित सन्चालनमा रहेका ३७, प्रशारण अनुमति लिइएका एफएम रेडियो ८ सय ८७, नियमित प्रसारित रेडियो ६ सय ३३, सामूदायिक रेडियो ३ सय १६, प्रेस काउन्सिलमा सुचीकृत अनलाइन ८ सय ४५, सूचना विभागमा दर्ता अनलाइन ५ सय ११, समाचार समिति २, डिटिएच २, एवंम दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, अर्धबार्षिक, बार्षिक सहित ७ हजार ५ सय ४२ भन्दा बढी विभिन्न प्रकारका अखवारहरु पछिल्लो समय तिव्र रूपमा सञ्चालनमा छन् । (सूचना विभाग)
२०६२ र ६३ को जनआन्दोलन पछि पनि थुप्रै पत्रपत्रिका प्रकाशन हुने र बन्द हुने क्रम जारी छ । नेपालमा प्रकाशित ७ हजार बढी पत्रिकाहरु मध्ये भाषिक स्वतन्त्रता पनि प्राप्त भएको अनुभुती गर्न पान्छ । किनकी अहिले नेपाली र अंग्रेजी भाषाका साथै मातृ भाषाहरुमा पनि थुप्रै पत्रिकाहरु प्रकाशित भएका छन् । वर्तमान अवस्था हेर्दा हिन्दी, नेवारी, मैथिली, भोजपुरी, संस्कृत, उर्दू, तिब्बती, थारु, लिम्बु, डोटेली, तामाङ्, वान्तवा राई लगायतका भाषामा पत्रिका दर्ता भएका छन । लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै सम्पूर्ण प्रेस, सञ्चार जगत उत्साहित त भएको छ नै तर पनि राजनीतिक संक्रमणकाल लम्बिदै जादा र दिगो शान्तिको अभावमा नेपाली पत्रकारिताको भविष्य पनि अन्यौलमै छ ।
स्वतन्त्र पत्रकारिता भन्दा पनि पार्टिकारिता, बढ्दो अनलाइन माध्यम र सामाजिक सन्जालहरूको गलत उपयोगले सिङगो पत्रकारिता जगत बद्नाम हुने परिपाटी पछिल्लो समयमा ब्यापक बनेको छ । हिजोआज छापा तथा बिधुतिय माध्यममा समाचार सामाग्री भन्दा बढी बिज्ञापन बग्रेल्ती आउने गर्छ । यसले पाठक वर्गमा नकारात्मक प्रभाब पु¥याएको छ । पत्रपत्रिकाहरुको प्रकाशन शुरु भए संगै नेपाली पत्रकारिताले थुप्रै समस्याहरु पनि झेल्दै आएको छ । नेपालको राणाशाशनको ब्यवस्था हुदै तीस वर्षे लामो पञ्चायति ब्यवस्था र शाहीकालमा पत्रिकाहरु माथि लगाइएको अंकुशको कारण नेपाली पत्रकारिताले समस्याहरु झेल्न बाध्य भयो । विस २०४६ सालको प्रजातन्त्रको पुर्नस्थापना पछि पत्रपत्रिका प्रकाशनमा बाढी नै आएको छ । विस २०४७ सालको संविधानले प्रकाशन र प्रशारणमा स्वतन्त्रता प्रदान गरिए पनि पटक पटक प्रकाशन र प्रशारण स्वतन्त्रतामाथि समेत अंकुश लगाउने काम भएको थियो ।
विस २०५८ साल जेठ १९ गते तत्कालिन राजा विरेन्द्र शाहको बंशनाश भएपछि ज्ञानेन्द्र शाहले सत्ता हत्याए संगै २०५२ सालदेखि शुरु भएको तत्कालिन नेकपा (माओवादी)ले थालेको द्वन्द्व अझ बढी चर्केर गयो । द्वन्द्व चर्किदै गएपछि पूर्वराजा ज्ञानेन्द्रले संसदीय पार्टीहरुलाई समेत प्रतिवन्ध लगाउदै निरंकुश शासन लाद्ने अभिष्ट लिएपछि नेपाली पत्रकारिताले थप पीडा बेहोर्नुप¥यो । संसदीय राजनीतिक दलहरु र द्वन्द्वरत नेकपा माओवादीबीच १२ बुदे समझदारी हुदै जनआन्दोलन २०६२ र ०६३ सफल भएपछि नेपाली राजनीतिले नयाँ उचाई प्राप्त गर्यो भने नेपाली संचार क्षेत्रमा पनि ब्यापक फेरबदल, बिकास र बृद्दि भएको छ । नेपाली पत्रकारीतालाई साच्चै जीविकोपार्जन गर्न सक्ने पेशा बनाउनका लागि खोलिएका संचारगृहहरुको मजवुद व्यावस्थापन हुन जरुरी छ । त्यो संगै नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन सक्ने हैसियतको संचारगृह बनाउनका लागि संचारगृह संचालन गर्ने संचालकहरुले पनि गम्भिर भएर सोच्नुपर्छ । यदी यसो भयो भने मात्रै अव नेपाली संचार र संचार क्षेत्रमा काम गर्नेको भविश्य सुनिश्चित हुनेछ । यदी होईन भने पछिलो समय मौलाउदै गएको एकपक्षिय पार्टीकारिताले झनै नेपाली पत्रकारीतालाई धुमिल्याईरहेको छ । विसुद्ध पत्रकारिता र विसुद्ध संचारकर्मी उत्पादन र प्रकाशन र प्रशारण गर्न संचार गृहहरुले पनि पहलकदमी गर्नुपर्छ ।