धरान : सोमबार बिहानै करिब साढे ८ बजेतिर तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारे माइती घर भएकी-हाल धरान १६ बस्ने- गीता कार्कीलाई मोवाइलमा फोन आयो,‘बहिनी उपचारको लागि धरान आउदैछ ।’
उनी हत्तपत्त बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुगिन् । करिब ११ बजेतिर एम्बुलेन्सबाट स्टेचरमा बहिनी नमुनालाई हाल्दै गर्दा उनी अवाक् बनिन् । बहिनीको अवस्था देखेर उनी निक्कैबेर विचलित भइन् । कारण, बहिनीको घाँटीको घोक्रो रेटिएको थियो । त्यहाँबाट रगत बगिरहेको थियो । के भएको उनले भेउ नै पाउन सकिनन् । ‘के भएको हो, थाहै छैन । घाटी काटिएकोले बहिनी बोल्न सक्दिनन्,’दिदी गीताले भनिन्,‘गाउँमा बिहान खुकुरी हातमा बोकेर पुगेछ, र हत्तपत्त एम्बुलेन्समा हालेर पठाइदिएछन् ।’ उनका अनुसार बहिनीको घाटीको घोक्रो काटिएको कारण श्वास घाटीबाट मात्र भइरहेको थियो ।
उपचारको क्रममा घाटीबाट नै अक्सिजन दिनुपरेको थियो । दिउँसो आकस्मिक कक्षमा अप्रेशनमा लगिएको थियो । खुकुरी खोस्ने क्रममा देब्रे हातको औलाहरु पनि काटिएको दिदी गीताले बताइन् । ‘घाटी काटिएपछि कुखुरी खोस्दा हातको औलाहरु पनि काटिएको रहेछ, अहिले अप्रेशन भइरहेको छ,’उनले भनिन् । तेह्रथुम प्रहरीका अनुसार करिब ३० बर्षीय नमुना र धनकुटा छथर जोरपाटी घर भएका ४५ बर्षीय लिलाबहादुर भण्डारी दुवैजना आइतबार बेलुका कमल शेर्पाको घरमा बास बसेका थिए । सामेबार बिहानै उनीहरु दुवै नजिकैको मार्गपोखरी मन्दिरमा दर्शन गर्न गएको अनुसन्धानबाट खुलेको छ ।
करिब साढे ८ बजेतिर घाँटी रेटिएको अवस्थामा हातमा खुकुरी लिएर गाउँमा पुगेपछि प्रहरीलाई तत्काल खबर गरेका थिए । ‘हामी पनि तत्काल पुग्यौ, खुकुरी थियो र घाइतेलाई धरान पठाइहाल्यौ,’प्रहरी निरीक्षक नारायण गौतमले भने,‘घटनास्थलमा गएर हेर्दा केटाको झोला, जुत्ता भेटियो र केटीको चप्पल पनि त्यही भेट्यौ । झोलामा केटाको नागरिकता र कपडा पनि थियो ।’ प्रहरी निरीक्षक गौतमका अनुसार युवती अविवाहित हुन् भने आरोपित व्यक्ति विवाहित हुन् । सिन्दुर पोतेलगायतका सामग्रीहरु पनि भेटिएकोले घटना रहस्यमय भएको उनले बताए । ‘दुवैजना बेलुका सँगै बसेर आज बिहानै मन्दिर गएका रहेछन्, त्यहाँ उनीहरुबीचमा के कुरामा विवाद भयो, त्यसपछि यो घटना भएको देखिन्छ,’प्रहरी निरीक्षक गौतमले भने,‘घाइते युवतीले भन्यो भने वा फरार व्यक्ति पक्राउ पर्यो भने सबै कुरा खुल्छ ।’
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        