धरान: धरान रङ्गशालामा जारी प्रथम अन्तर क्लब मदन भण्डारी स्मृति कप महिला फुटबलमा सोमबार धरान १७ पटनाली फुटबल क्लबका प्रियङ्का लिम्बुले ह्याट्रिक गर्दै आफ्नो टिमलाई विजयी गराएकी छन् ।
पट्नाली फुटबल क्लबले ३–० को फराकिलो गोल अन्तरमा सिङमी फुटबल क्लबलाई पराजित गरेको हो । यो जीत सँगै पटनाली फुटबल क्लब सेमिफाइनलमा पुगेको छ ।
निर्धारित ६० मिनेटको खेलमा पहिलो हाफको १९ औ मिनेटमा पटनालीकी प्रीयङकाले पहिलो गोल गरिन् । दोस्रो हाफको १९ औ मिनेटमा दोस्रो गोल र २६ औ मिनेट तेस्रो गोल गर्दै ह्याट्रिक गरेका हुन । 
सिङमी फुटबल क्लबको पटक पटकको गोल गर्ने प्रयास विफल भएको थियो ।
खेलको वुमन अफ द म्याच उनै प्रियङ्का लिम्बु घोषित भइन् । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरिन । प्रतियोगिता सिटी फुटबल क्लबको आयोजना गरेको हो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछ ।
patanali-fc11