इटहरी । नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रले सुनसरी इटहरी स्थित खनारमा रहेको रिलायन्स स्पिनिङ मिलको पनि विद्युत् लाइन काटिदिएको छ ।
औद्योगिक ग्राहक रहेको रिलायन्सले हालसम्म १ अर्व ५० करोड ९ लाख ८ सय ६७ रुपैयाँ विद्युत् महसुल तिरेको थिएन । विद्युत् प्राधिकरण इटहरीका केन्द्रका प्रमुख मिथिलेशकुमार गोइबारका अनुसार एक वर्षसम्म ताकेता गर्दा समेत नतिरेकाले लाइन काटेको जानकारी दिए ।
गोइबारका अनुसार आफ्नो कार्यालय मातहतका तर महसुल नतिर्ने ठुला उद्योगको लाइन काट्ने काम सुरु भएको बताए ।
यसै गरी आजै विराटनगर रानीस्थित रघु पति जुटमिलको लाइन बिधुत प्राधिकरणले काटिदिएको छ । विराटनगर विद्युत् वितरण केन्द्रले पनि रघु पति जुट मिलले १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ शुल्क बुझाउन बाँकी रहेको बताएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        