इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई नेकपा एमालेका नेता भीम प्रसाद आचार्यले २६ बुँदे सुझाव दिएका छन् । स्वतन्त्र उम्मेदवार भएर विजयी भएका साम्पाङलाई खानेपानी समस्या समाधान देखी हवाई मैदान बनाउने सुझाव दिएका हुन् । 
खानेपानी समस्या समाधानका लागि डिप बोरिङ नै उत्तम विकल्प रहेको उनले प्रस्ट पारेका छन् । बोरिङ गरेरै पानी ल्याउने विषयमा यसअघिनै निर्णय भएको हुँदा सोही अनुसार काम गर्न सुझाव दिएका छन् । दैनिक ३ करोड लिटर पानी आपूर्ति गर्न सहज अवस्था सृजना गराउन अनुरोध गरेका हुन् । 
४० प्रतिशत पानी खेर गएको हुँदा त्यसको व्यवस्थापनमा लाग्नुपर्ने र खानेपानीका नयाँ श्रोतको पहिचान गर्नुपर्ने उनको धारणा छ । कोसीको पानीमा धेरै बालुवा हुने र धरान ल्याउन धेरै खर्च र झन्झट रहेको हुँदा विदेशी दातृ निकायको सहयोग विना सम्भव नभएको उनको ठम्याई छ । त्यसको विकल्पमा अन्यत्रै लाग्नुपर्ने उनको बुझाई छ । 
नेकपा एमाले प्रदेश १ संसदीय दलको नेता समेत रहेका आचार्यले उपमहानगरपालिकाको क्षेत्राधिकार बाहिरको कामको लागि पनि सुझाव दिएका हुन्  । बिपी प्रतिष्ठानको समस्याको फेहरिस्त राखेर समाधानको लागि आग्रह गरेका छन् । प्रतिष्ठानको उपकुलपतिले गर्ने जिम्मेवारी समेटेर मेयरलाई सुझाव दिएका छन् । विल काउन्टर, बिमा, कर्मचारीको समस्या देखी मेसिनका समस्या समाधान गर्नुपर्ने उनको माग छ ।  दक्ष जनशक्तिलाई प्रतिष्ठानमै रोकेर राख्नुपर्ने उनको बुझाई छ । 
सडक सञ्जालको विकाश गर्न जरुरी रहेको सुझाव दिएका छन् । छिमेकी पालिका सँग जोडिने सडकको स्तरोन्नति गर्नुपर्ने आचार्यको सुझाव छ । धरानलाई खेलकुदको केन्द्र बनाउनुपर्ने, धरानको रङ्गशालाको स्तरोन्नति गर्ने देखी अन्य खेलको हबको रूपमा विकाश गर्न आग्रह गरेका छन् । 
ट्विनअटर विमान बस्न मिल्ने हवाई मैदान बनाउन सकिने उनको धारणा छ । धरानमा हिउँदमा पनि विमान अवतरण गर्न सहज हुने भन्दै उनले विमानस्थलको माग अगाडी सारेका हुन् । 
बहु जातीय संग्राहलय देखी चिडियाखाना निर्माणको योजना ल्याउनुपर्ने आचार्यको बुझाई छ । धरानको छेवैमा ठुलो जङ्गल भए पनि चिडियाखानामा उनले आकर्षण बढाउनुपर्ने बताएका हुन् । खोला दोहन र नदी नियन्त्रणको लागी कोरिडोर निर्माण गर्नुपर्ने बताएका छन् । आफूले यसअघि नै शिलान्यास गरेको सर्दु कोरिडोर निर्माणलाई अगाडी बढाउन आग्रह गरेका छन् । 
धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको विकाश गरी धरानलाई शैक्षिक केन्द्रको रूपमा अगाडी बढाउनुपर्ने उनको सुझाव छ । निजी लगानीलाई प्रोत्साहन गर्न रेस्टुरेन्ट, होटेल र रिसोर्टमा लगानी बढाउन सुझाव दिएका छन् । पदमार्ग निर्माण गरी पर्यटनका सम्भावना लाई बढाउन सकिने उनको बुझाई छ । 
त्यससँगै बसपार्कको व्यवस्थापन, सकुम्बासी समस्या समाधान, कृषि उपज उत्पादनमा वृद्धि, उद्योग व्यवसायलाई प्रवर्द्धन, मजदुर क्षेत्र घोषणा, रोजगारी सृजना, विद्यार्थीका समस्या समाधान, सञ्चार क्षेत्रको विकाश, फोहोर मैला व्यवस्थापन, र शान्ति सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने सहित २६ बुँदे सुझाव दिएका छन् । 
२६ बुँदे सुझाव :