धरान : धरान-१६ का वडाध्यक्ष मुरारी भट्टराईले नगर प्रमुख हर्क साम्पाङले ठाडो हस्तक्षेप गर्दै कानुन विपरीत वडाका समुदायसँग सरोकार नराखी आफै उपभोक्ता समिति बनाउँदै आफूखुसी गरेको आरोप लगाएका छन् ।

वडामा निर्माणाधीन बहुभाषिक पाठशाला बाढीबाट जोगाउन तार जाली लगाउने कार्यमा प्रमुख साम्पाङले ठाडो हस्तक्षेप गरी आफै उपभोक्ता समितिको अध्यक्षमा आफ्नो नजिकका मानिसलाई अध्यक्ष बनाएर कानुन विपरीत आफै अरन खटन गरेको गरेको उनले बताएका हुन ।

वडाध्यक्ष भट्टराईले आज सोमबार साँझ पत्रकार सम्मेलन गर्दे प्रमुख साम्पाङले वडाका सरोकारवालाहरूको भेलाले गठन गरेको उपभोक्ता समिति विघटन गरेर योजना शाखाको इन्जिनियर पठाई आफ्नो मान्छेलाई अध्यक्ष बनाई आफूले भनेको मान्नेहरूको समिति बनाएको बताए ।

वडाध्यक्ष भट्टराईले भने ‘उपभोक्ता समिति बनाउन आएका योजना शाखाका प्रमुख किरण भुजेलले पछि  फोन गरेर सबै कुरा बताए ।’ प्रमुख भुजेलले नगर प्रमुखले आफूलाई उपभोक्ता समितिको नामावलीको चिट दिएको र त्यही अनुसार बनाउनु पर्ने भन्दै पटक पटक फोन गरेर दबाब दिएको बताए ।

वडाध्यक्ष भट्टराईले भने प्रमुखको नजिकका मानिएका वडा १४ का प्रसाद राईलाई वडा १६ को उपभोक्ता समिति अध्यक्ष बनाइयो ।’

वडाध्यक्ष भट्टराईले भने ‘नगरप्रमुखले आफूलाई थाहा नै नदिई उपभोक्ता समिति निर्माण गरेका हुन ।’ उपभोक्ता समितिको अध्यक्ष विधि कानुन सम्मत नभएकोमा प्रमुखसँग आपत्ति जनाउँदा ‘किन हुँदैन नियम सङ्गत भएन भने म मुद्दा लड्न तयार छु’ भन्दै अनुत्तरदायी जवाफ दिएको वडाध्यक्ष भट्टराईले बताए ।

उनले भने ‘नियम कानुन भन्दा बाहिर जान सक्दिन १४ वडाको मान्छे लाई १६ नम्बरको उपभोक्ता बनाएर साथ दिन सक्दिन भनी हस्ताक्षर गरिन ।’ विधि र कानुनमा स्पष्ट उपभोक्ता समितिमा बस्न स्थानीय उपभोक्ता हुनुपर्छ भन्ने उल्लेख भएको बताए ।

वडाध्यक्ष भट्टराईले भने ‘टोलवासीको भेलाले उपभोक्ता समिति बनाउनु पर्ने तर हो तर नगरप्रमुखले गोजीको मान्छे अध्यक्ष बनाए । मेरो रोहवरमा हुनुपर्ने काम आफूलाई थाहा नै नदिई ठाडो हस्तक्षेपमा काम गरे । म अधिकारबाट वञ्चित छु ।’