धरान: कोशी प्रदेश ओपन बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी बास्केटबल टिमले चुमेको छ । जित सँगै सुनसरी बास्केटबल टिम ६ पटकको लगातार च्याम्पियन बनेको ‘डबल ह्याट्रिक’को नयाँ रेकर्ड बनाएको छ ।
धरान बास्केटबल सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा सुनसरीले इलाम बास्केटबल टिमलाई ८०–७३ अङ्कको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।  
प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो क्वाटरमा इलाम २५–११ अङ्कले अगाडि रह्यो । दोस्रो क्वाटरमा सुनसरीले १६–१५ अङ्कको नतिजा निकाल्दै पहिलो हाफमा ४०–२७ अङ्कले पछि परेका थियो । 
तेस्रो क्वाटरमा सुनसरीले ३१–११ अङ्कको अग्रता लियो । चौथो क्वाटरमा सुनसरी र इलामले २२–२२ बराबर अङ्क जोडेको थियो । 
यसअघि सुनसरी काठमाण्डौमा सम्पन्न पाचौ, धनगढीमा सम्पन्न छैटौँ, पूर्वाञ्चल हाल कोशी प्रदेशमा सम्पन्न सातौँ, मध्य पश्चिमाञ्चल सम्पन्न आठौँ र गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सम्पन्न प्रदेश स्तरीय प्रतियोगितामा लगातार प्रदेश च्याम्पियन वनेको थियो । 
कोशी प्रदेश स्तरीय पहिलो ओपन बास्केटबल प्रतियोगितामा जित निकाल्दै सुनसरी बास्केटबल टिमले डवल ह्याट्रिक गरेको हो ।
उपाधि सँगै सुनसरी टिमले नगद २ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता इलामले नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच सुनसरी टिमका कैलाश लिम्बु घोषित भए । 
प्रतियोगिताको धरान मेघा उत्कृष्ट खेलाडीको उपाधि सुनसरी टिमका सुसन श्रेष्ठ घोषित भए । उनले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका सभापति सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, पूर्व सांसद जयकुमार राई लगायतले पुरस्कार प्रदान गरे ।
पुरस्कार वितरणमा सुनसरी बास्केटबलका उपाध्यक्ष विवेक राई, नेपाली कांगेस महासमिति सदस्य सुवास राई, डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अमर लिम्बु, सदस्य सूर्य पन्धाक लिम्बु, प्राचार्य राजकुमार राई, पत्रकार महासङ्घ पूर्व अध्यक्ष जनकऋषि राई सहभागी भए ।
समापनमा प्रमुख अतिथि कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्री माननीय पाचकर्ण राईले रेफ्रिलाई बल हस्तान्तरण गरेपछि फाइनल खेल सुरु भएको थियो । समापन कार्यक्रममा माननीय विजयकुमार राई, धरान १८ न। वडाध्यक्ष प्रवीण राई, धरान १७ वडाध्यक्ष मनोज भट्टराई, धरान ८ वडाध्यक्ष धनबहादुर राई, सुनसरी फुटबल सङ्घका अध्यक्ष नवीन राई लगायतको उपस्थिति रहेको थियो ।
basketball-final