इटहरी : इटहरी उपमहानगरपालिकाको बजेट नीति तथा कार्यक्रममा विद्यालय शिक्षा तथा सामाजिक विकासलाई केन्द्रित गरिएको छ । विद्यालय शिक्षामा समानता कायम गर्न पोसाकमा एकरूपता ल्याउन लागिएको हो । 
मङ्गलवार १६औँ नगर सभामा बजेट प्रस्तुत गर्दै उपमेयर सङ्गीता चौधरीले निजी तथा सामुदायिक विद्यालयमा समान पोसाकको व्यवस्थापन गर्ने बताएकी छन् ।
विद्यालय नर्सिङ कार्यक्रमलाई व्यवस्थित गरिने र सामुदायिक विद्यालयमा योग ध्यान केन्द्रको स्थापना गरिने भएको छ । 
इटहरी उपमहानगरपालिका भित्रका अग्ला भवनमा आगलागी नियन्त्रण गर्न क्रेन खरिद गर्ने बजेटमा उल्लेख छ ।
वातावरण सौन्दर्यीकरण जोड दिइएको बजेटमा एक घर दुई बिरुवा अभियानलाई कार्यान्वयनमा लैजाने बताइएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालनको व्यवस्थापन गर्ने बताएकी चौधरीले इटहरी रङ्गशालालाई थप व्यवस्थित गरिने सुनाइन् ।
itahari-nagarsabha 1