नेपालमा दिन प्रतिदिन कलेजो सम्बन्धी रोगहरु बढी रहेका छन् । कलेजो सम्बन्धी रोगले नेपाल र भारतमा पछिल्लो समय निकै ठूलो रुप दिईरहेको छ । चिकित्सा विज्ञानमा भएको नविनतम् प्रयोगले उपचारमा सजिलो त पक्कै भएको छ, तर कलेजो सम्बन्धी उपचार आर्थिक रुपमा निकै खर्चिलो पनि रहेको छ ।
कुनै पनि व्यक्तिमा मोटोपन भयो भने धेरै रोगहरु आउन सक्ने हुन्छ । जसमध्ये कलेजो सम्बन्धी रोग पनि लाग्ने सम्भावना बढी रहन्छ । हाम्रो देश नेपाल र भारतमा कुल जनसंख्याको ०.५५ जनसंख्यालाई हेपाटाईटिस रोग रहेको छ । हेपाटाईटिस एउटा मूख्य हो जसले गर्दा कलेजोको समस्या दिन प्रतिदिन बढी रहेको छ । कुनै पनि जवान व्यक्ति हेपाटाईटिस बी÷सी का कारणले गर्दा कलेजो कडा (सिरोसिस) हुन्छ । यदि कुनै व्यक्तिमा जण्डिस भएमा, कुनै पनि जन्मजात शिशुमा २ हप्ताभित्र सन्चो नभएमा त्यस विषयलाई गंम्भिर रुपमा लिनु पर्दछ । अन्यथा कलेजोमा जटिल समस्या देखा पर्दछ । जस्तै लिभर सिरोसिस, कलेजो फेलियर आदि । बिएलको सुपर स्पेसियलिटि अस्पतालमा दिल्लिका कलेजो प्रत्यारोपण विभागका निर्देशक प्रो.डाक्टर संजय सिंह नेगी भन्नुहुन्छ । “यो फ्याटी लिभर हुनु भनेको लिभर सिरोसिसको संकेत हो ।” फ्याटी लिभर मधुमेह रोगी र मोटोपन भएका व्यक्तिमा पनि देख्न सक्दछ । फ्याटी लिभर छ या छैन भन्ने कुरा एउटा साधारण पेटको भिडियो एक्स–रेबाट गर्न सकिन्छ । कलेजोको ग्रन्थी इन्जाईम, SGOT/SGPT विस्तारै बढ्दै जान्छ, जुन लिभर सिरोसिसको लक्षण हो । विलुरीविन, PT/INR, Creatanine हरुको जाँच गरेर पनि लिभरमा समस्या छ÷छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।
कलेजोमा रोग लाग्ने लक्षणहरुः
१ शरीर भारी हुनु
२ चाँडो थकाई लाग्नु
३ जण्डिस लाग्नु
४ पेटमा पानी जम्नु
५ हेपाटाईटिस ई
६ स्मरण शक्ति कमजोर हुनु
कलेजो प्रत्यारोपण नै हो कलेजो फेलियरको उपचार
पछिल्लो समय चिकित्सा क्षेत्रमा धेरै विकास भएको छ । सोही नविनतम् विकासका कारण विरामीको जीवनमा नयाँ आयाम थपिएको छ । सोही विकासको योगदान अनुरुप अहिले कलेजो प्रत्यारोपण पनि मानव जीवनमा कोशेढुङ्गा सावित भएको छ । अहिले कुनै व्यक्तिले आफ्नो कलेजो पूर्णरुपमा विग्रिएमा अन्य व्यक्तिबाट कलेजो दान लिएर प्रत्यारोपण पश्चात् नयाँ जीवन पाउन सक्दछन् । कलेजो प्रत्यारोपण गर्न कानुनी रुपमा आफ्नो परिवारको सदस्य हुनु आवश्यक छ, र उक्त व्यक्तिको पूर्णरुपमा स्वस्थ भएको हुनुपर्दछ । कलेजो प्रत्यारोपण सम्बन्धी विरामीको आधुनिक र उच्च तहको उपचार गरिन्छ । करिव एक हजारभन्दा बढी विरामीको कलेजो प्रत्यारोपण गरिसक्नु भएका प्रो.डा. संजय सिंह नेगी भन्नुहुन्छ । “आधुनिक युगको विकास सँगै चिकित्सा विज्ञानको रफक्तार विकासले कलेजो प्रत्यारोपण गर्नका लागि सजिलो भएको छ ।” कलेजो प्रत्यारोपण गर्नका लागि मरिसकेको शरीर÷ब्रेन डेथ विरामीहरुबाट पनि गर्न सकिन्छ । यदि उनीहरुको ब्लड ग्रुप मिलेमा ।
मोटोपनले शरीरमा ल्याउने समस्याहरु
शरीर आवश्यक भन्दा बढी मोटोपन हुनाले विभिन्न रोगको सिकार बन्न सक्दछन् । आवश्यक भन्दा बढी तौल भएमा दैनिक रुपमा व्यायम गरेर घटाउन सकिन्छ । मोटोपनले गर्दा मधुमेह, ब्लड प्रेसर, कोलेस्ट्रोल, मुटुरोग आदि जस्ता समस्या देखापर्न सक्दछन् । बढी मोटोपन भएका महिलाहरुलाई अनियमित रक्तश्राव वा बच्चा गर्भमा नरहने जस्ता समस्याहरु देखिन सक्दछन् । यदि यस्ता समस्याहरुबाट छुट्कारा पाउनका लागि दैनिक कम्तीमा १ घण्टा व्यायम गर्नु आवश्यक छ । बढी कार्वोहाईडेट गुलियो पदार्थ अत्यन्तै दैनिक सादा खाना खानु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ ।
प्रा.डा. संजय सिंह नेगी
कलेजो प्रत्यारोपण सर्जन
कलेज अफ मेडिकल साइनसेज, भरतपुर
बिएलके सुपर स्पेशियालिटी अस्पताल, नयाँ दिल्ली
Email:drsanjaynegi@gmail.com