धरान : तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित चोत्लुङ पार्क परिसरमा सिरिजंङ्गा लिपिको पाण्डुलिपि स्थापना गरिने भएको छ ।
सङ्ग्रहालय स्थापनाको तयारी बारे जानकारी दिन शनिवार धरानमा आयोजित अन्तरक्रियामा मेयर अर्जुनबाबु मावुहाङले सरिजङ्गा पाण्डुलिपिको ऐतिहासिक पृष्ठभूमिबारे पनि चर्चा गर्दै विक्रम सम्बत  १८८० सालतिर दार्जिलिङबाट सरिजङ्गा लिपिको प्रयोग सुरु भएको बताए ।
सङ्ग्रहालयलाई नगरपालिकाले ‘सरिजङ्गा पाण्डुलिपि सङ्ग्रहालय’ स्थापना गर्ने भनेको छ । अन्तकृयामा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मेयर अर्जुनबाबु मावुहाङले परिकल्पना गरेको सिरिजंङ्गा पाण्डुलिपि विज्ञानालयले चोलुङ पार्कको महत्त्व बढाउने बताए । 
प्रदेशसभा सदस्य विदुर लिङ्थेप, पूर्व प्रदेश मन्त्री खिनु लिम्बू, पूर्व संघीय सांसद मीना सुब्बा, उत्तम लिङ्थेप र डा. कमल तिगेला, ताजुब लिम्बू, जेन्टल किराँती लगायतले आफ्नो धारणा राखेका थिए ।