धरान : ब्रह्मकुमारी राजयोग धरानद्वारा ब्रह्मकुमारी राज योगिनी दादी प्रकाशमणिको १८औँ पुण्य तिथि  विश्व बन्धुत्व दिवसमा आज शनिवार आयोजित रक्तदानमा ३७ प्रिन्ट रगत सङ्कलन भएको छ ।  
बाह्रकुमारी मङ्गलवारे उपसेवाकेन्द्रको आयोजनामा धरान–११ मंंगलबारे चोकमा भएको रक्तदानमा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघा थिए ।
उपसेवाकेन्द्र प्रमुख ललिता गच्छदारको सभापतित्वमा भएको कार्यक्रममा धरान–११ वडाध्यक्ष लोकेन्द्र फागो लगायत केन्द्रका सदस्यहरूको उपस्थिति थियो । 
दादी प्रकाशमणिको स्मृतिमा राजयोग केन्द्रले नेपाल स्थित सबै शाखा, सेवा केन्द्र, उपकेन्द्रहरूमा रक्तदान कार्यक्रम गरेको हो ।
नेपाल भरबाट पहिलो पटक एकै दिन ४ हजार ९९९ प्रिन्ट रगत सङ्कलन भएको राजयोग केन्द्र धरान शाखाले जानकारी दिएको छ । 
नेपालमा एकै दिनमा यति धेरै भएको रगत सङ्कलनको हालसम्मको रेकर्ड बनेको शाखाले दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय अभियानमा १०० घण्टाभित्र १ लाख प्रिन्ट रगत सङ्कलन गर्ने लक्ष्य राखिएको बताइएको छ । अभियान भदौ ६ देखि ९ गते सम्म चल्ने छ ।