धरान : जिल्ला प्रशासन कार्यालय सुनसरी प्रमुखमा उमेश कुमार ढकाल आएका छन् ।

यस अघिका सुनसरीको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको सप्तरी जिल्ला प्रशासन कार्यालय सरुवा भए पछि ढकाल सुनसरी आएका हुन् ।

ढकालले हिजो देखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समालेका छन् । उनलाई प्रशासनका कर्मचारीले स्वागत समेत गरेका थिए ।

ढकालले म सिडिओ भएर काम गरेको १० औ अनुभव सुनसरी हो भनेका छन् । शान्ति सुरक्षा कायम गर्ने , स्थानीय तहले गर्ने विकास निमार्णका कार्यलाई सहजीकरण गर्ने, सुशासन कायम गर्ने र पहिलो प्राथमिकतामा आएका जनगुनासोलाई सुनेर सावधान गर्ने ढकालले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीलाई कसरी सशक्त बनाउने भन्नेमा लागी पर्ने उनको भनाई छ । भ्रष्ट्राचार नियन्त्रण र विकृति विसङगतीमा कमी ल्याउन लागि पर्ने पनि उनले बताए ।