धरान : नगर प्रमुख हर्क साम्पाङले फेसबुकमा सार्वजनिक गरेको श्रम संस्कृति पार्कको हिसाबमा पञ्चकला राई बान्तवाले गरेको कमेन्ट भाइरल भइरहेको बेला त्यहाँ प्रवेश शुल्क टिकटको हिसाब बेग्लै भएको फेसबुक स्टाटसहरु पनि आएका छन् ।
पार्कको टिकट काउन्टर कमिसन ठेक्कामा दिइएको हो कि तलबमा कर्मचारी राखिएका हुन, त्यसबारे धरान उपमहानगरपालिकाले सार्वजनिक जानकारी गराएको छैन । तर २० रुपैयाँ दरको प्रवेश शुल्क ७ जनाको १४० रुपैयाँ दिँदा टिकट भने ३ वटैले काम चल्ने गरेको हिसाबले नगर प्रमुख साम्पाङकै श्रमदाताहरूले पनि कुरो बुझ्न सकेका छैनन् ।
श्रमदाता रक्षा किराँतीले आइतबार फेसबुकमा स्ट्याटस लेख्दै श्रम संस्कृति पार्कको मेन गेट र आरा धरान जाने गेटमा टिकट काट्न बसेको महिला कर्मचारीको यस्तो हिसाब रखाइको बारेमा उल्लेख गरेकी छन् ।
बिहान करिब १० बजे साथीहरूसहित पार्क घुम्न पुगेको उल्लेख गर्दै भनेकी छन् ‘टिकट काउन्टरमा कार्यरत कर्मचारीले टिकट दर ७ जनाको १४० रुपैयाँ दिएर ३ वटा टिकट मात्र दिए । १ जना  बराबर रु २० का दरले ७ जनाको जम्मा १४० काटेर ६० रुपैयाँको ३ ओटा टिकट मात्रै दियो ।’
उनले प्रश्न गरेकी छिन् ‘हामी (श्रमदाता)लाई त यस्तो गरिन्छ अरूलाई कस्तो हुन्छ होला ?’ मैले ७ जनाको १ सय ४० रुपैयाँ तिरेको हुँ तर पार्कका कर्मचारीले ६० रुपैयाँ मात्र देखाएर अरू ८० रुपैयाँ कता गयो ? आर्थिक पारदर्शिता हुनु पर्दैन ? भनी प्रश्न समेत गरेकी छन् ।  
उनले पार्क बनाउने अभियानमा आफू लगायत धरानभित्र र बाहिरका लाखौँ नेपाली जोडिएको स्मरण गर्दै केही व्यक्तिहरू आफ्नो स्वार्थमा लागेर मेयरको बदनाम गर्न लागेको आरोप लगाएकी छन् ।
किराँतीले फेसबुकमा स्ट्याटसमा भनेकी छन् ‘आफू एक सचेत नागरिक हुँ, समाजमा अन्याय अत्याचार बेथिति बिसंङगती भइरहेको खण्डमा खरो आवाज निकाल्छु । यो मेरो नैसर्गिक अधिकारको कुरा हो । कसैले कसैलाई हस्तक्षेप गर्न पाउँदैन र अर्को कुरा मलाई कसैले चिनुन् नचिनुन् मेरो चासोको विषय रहेन तर म जहाँ भए पनि धरानमा के के भइरहेको छ ? यो मेरो चासोको विषय हो किन कि मेरो पनि त्यो भूमिमा पसिना बगेको पसिना माथि केही कसैले अराजक गतिविधि गर्न पाउँदैन । 
किराँतीले आफ्नो स्ट्याटस हर्क साम्पाङ ए रेभुलेसन, मिना सिङघक, समीर तामाङ डास्टिक चेन्ज, सत्य घले, सुमन श्रेष्ठलाई मेन्सन गरेकी छन् । 
किराँतीको स्ट्याटसमा कमेन्ट कमेन्ट गर्दै जुत्ता विनाको खुट्टा नामक व्यक्तिले पार्ककी कर्मचारीको गल्तीहरू भन्दै २०८१ पुस १५ गते राम धुनी ६ बाट आएका ४० जना व्यक्तिहरूबाट ३ सय रुपैयाँको टिकट काटेको र अर्को दिन फेरी २० वटा टिकट काट्नु पर्नेमा १ वटा टिकट मात्र काटेर ३ सय रुपैयाँ लिएको पोस्ट गरेको छ । १९ वटा टिकट चैँ नदिएको पैसा चैँ पुरै लिएको उनले उल्लेख गरेका छन् ।
किराँतीको स्ट्याटसमा नगरप्रमुख साम्पाङले कमेन्ट गर्दै त्यो कर्मचारीमाथि कारबाही भैसकेको जानकारी दिएका छन् ।
ticket