चतरा : वराहक्षेत्र नगरपालिका केही सीमित चुनौती र असीमित सम्भावना बोलेको नगरपालिका हो । २०७३ सालमा राज्य पुनर्संरचना आयोगले सुनसरीमा १२ स्थानीय तह बनाउँदा वराहक्षेत्र नगरपालिका सुनसरीको कान्छो नगरपालिकाको रूपमा निर्माण भयो । तत्कालीन  वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गाउँ विकास समितिलाई मिलाएर वराहक्षेत्र नगरपालिका स्थापना भएको थियो ।
baraha-mandir-koshiपहाड, चुरे र समथल मैदान भौगोलिक अवस्था रहेको नगरपालिका धार्मिक एव पर्यटकीय नगरपालिका हो । प्रसिद्ध तीर्थ वराहक्षेत्रधाम, चतराधाम लगायतका मठ मन्दिर वराहक्षेत्र नगरपालिकामा अवस्थित छन् । जल, जङ्गल, जडीबुटी जस्ता अमूल्य पदार्थ र बस्तुले सम्पन्न नगरपालिका धार्मिक, ऐतिहासिक,सांस्कृतिक, प्राकृतिक रूपले सौन्दर्ययुक्त क्षेत्रको रूपमा सिर्जित छ। हरिद्वार कुम्भ क्षेत्र, औलिया मठ, आदि वराह सुर्यकण्ड जस्ता धार्मिक, ऐतिहासिक पुरातात्त्विक महत्त्व बोकेका क्षेत्र नगरपालिकामा रहेका छन् । किरात संस्कृति, थारु संस्कृति, झाँगड संस्कृति, नेवार संस्कृति यहाँका चिनारी हुन्।
कोसी नदीको छटा मनोरम दृष्य, हरियाली जङ्गल, अर्ना र चरा खेल्ने ठाउँ कोसी टप्पु, सिमसार, कोसी नदीमा जल यात्रा, र्याफटिङ यहाँको पर्यटक लोभ्याउने स्थलको रूपमा रहेका छन् । वराहक्षेत्र कृषि तथा पशुपालन व्यवसायको हबको रूपमा रहेको छ । बेसार, अम्लिसो, अदुवा, उखु, आलु उत्पादनको पकेट क्षेत्रको रूपमा रहेको छ। वराहक्षेत्र सुनसरीकै भौगोलिक रूपमा ठुलो नगरपालिका पनि हो । वरिपरि नदी, खोला, धार्मिक क्षेत्र र जङ्गलले घेरिएको छ। यी कुरालाई प्रवर्द्धन र विकास गरेर लैजान वराहक्षेत्र नगरपालिकालाई अवसर रहेको छ।
jet-boat 1भौतिक विकास, जिर्णद्वार, पर्यटकीय प्रडक्टको प्रचार, संरक्षण गरी तिनको एतिहासक पक्ष जोगाई राख्नु वराहक्षेत्र नगरपालिकाका लागि चुनौती पनि रहेको छ। वन जङ्गलको  संरक्षण, विकासकालागि प्रयोग गर्ने नगरपालिकालागि अवसर छ। देशकै ठुलो नदी सप्तकोसी नदीको प्रचुर उपयोग गरे वराहक्षेत्रको सम्बृद्दीको आधार बनाउन नगरपालिकाले योजना र नदीको जोखिममा रहेका बस्तीको संरक्षण गर्नु नगरपालिकालाई चुनौती पनि छ।
चुरे हुँदै बग्ने खोलाहरू वराहक्षेत्रको अर्को आम्दानीका स्रोतहरू हुन। यसले निम्ताउने प्राकृतिक प्रकोपबारे पनि नगरपालिकाले योजना बनाउन आवश्यक छ।  २२२,०९ वर्ग किलोमिटर क्षेत्रफल रहेको वराहक्षेत्र नगरपालिका सांस्कृतिक रूपले पनि बहुजाति बसोबास गर्ने थलो पनि हो।  नगरपालिकामा कृषि व्यवसायको लागि जमिन र खाद्यान्नका लागी उर्वर भूमि हो । सिँचाइको अभाव र किसानलाई तालिम सँगै उन्नत बीउ बिजनको नगरपालिकाले उपलब्ध गराउनु पर्छ।
वराहक्षेत्र नगरपालिकामा कोसी कटान पीडित, सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ। बि.सं २०२२ सालदेखिका कोसी बाढी पीडित परिवारहरू नगरपालिकामा छन् । साबिकका वराहक्षेत्र , महेन्द्रनगर, प्रकाशपुरमा धेरै कोसी कटान पीडितहरू अव्यवस्थित रूपमा बसोबास गरिरहेका छन् । १ हजार भन्दा बढी घर परिबार रहेको कोसी पारी श्रीलङ्का टापुमा स्थानीयहरूको जीवनशैली कष्टकर छ। टप्पुका गेरैया, चिलैया, एबिसि टुपु, माझी टोल, सिसौलि, जलाल जस्ता बस्तीहरूमा आधारभूत आवश्यकताको अभावमा हजारौँ मानिसहरूको बसोबास गर्न बाध्य रहेको छन्।  प्राय सीमान्तकृत जातिहरूको बसोबास रहेको उक्त बस्तीमा चन्द्रवंशी, झागर, माझी र केही जनजाति र पहाडी मूलका मानिसहरू बसोबास गर्ने गर्दछन् । वडा नं ६ र ९ मा पर्ने टप्पुमा  शिक्षा, स्वास्थ्य, यातायातको उचित व्यवस्थापन हुन सकेको छैन। स्थानीयहरू जङ्गली जनावर र कोसीको त्रासको चपेटामा रहेका छन्। सुरक्षाको हिसाबले पनि जोखिममा नै रहेको छन्। प्रहरी चौकी त्यहाँको जनताको माग रहेको छ। शिक्षाकालागि कक्षा ८ सम्म अध्यापन हुने सो क्षेत्रका बिद्यार्थीहरु आधारभूत तह देखि माथि शिक्षाकालागि चक्रघट्टी तथा उदयपुर जिल्लामा जानू बाध्यता रहेको छ।
वराहक्षेत्र नगरपालिका वडा नं १ साबिक वराहक्षेत्र गाविस ७, ८ र ९ नम्बर वडाका स्थानीयवासीको समस्या पनि उस्तै छ। सुर्यकुण्ड, चावचा, अर्चले, बाग्दलवारी, चियाबारी, फूलबारी, वरडाँडा, जुटपार्खरी, बार्रेजोरी, कटहरे, सिलपाखा जस्ता पहाडी र कोका खोलाको किनारमा रहेका बस्तीहरू पनि वराहक्षेत्रका अति दुर्गम बस्तीकै रूपमा रहेका छन् । ती बस्तीहरूलाई एकीकृत बस्तीको रूपमा बसोबास गराउन सके विकासका पूर्वाधार निर्माण सहज हुनेछ। बस्तीसम्म पुर्ने पक्की सडक आवश्यक रहेको छ। स्तरीय सडकको माग स्थानीय छ।  स्वास्थ्य र शिक्षाको पहुँचबाट अलि टाढै छन् । कक्षा आठ उत्तीर्ण गरेपछि त्यस क्षेत्रका विद्यार्थीहरू आधारभूत तहकालागि धरान र चतराका विद्यालयहरू धाउनु तितो यथार्थ रही आएको छ। आदिवासी जनजातिको बाहुल्यता रहेको सो क्षेत्रमा स्वास्थ्यका लागि प्राथमिक स्वास्थ्य चौकी पनि छैन।  हर्दी, अम्लिसो, केरा, अदुवा जस्ता नगदेबालिहरुको पकेटको रूपमा रहेको छ। पछिल्लो समय स्ट्रबेरी खेतीले पनि सुर्यकूण्डलाई चिनाउन थालेको छ। वराहक्षेत्र नगरपालिका चुरे पहाडले पनि धनी छ । चुरे हुँदै बग्ने खोलाहरू वराहक्षेत्रको सम्पत्ति हुन। नगरले सो खोलाबाट नदीजन्य बस्तुहरूको प्रयोगले वार्षिक करोडौँ  रकम आम्दानी गर्दछ । चतराबाट धरान जाने सडक खण्ड अन्तर्गत बाघ खोलामा पुल अति आवश्यक छ।  पुल नहुँदा बर्खाको समयमा शिक्षा, स्वास्थ्य, यातायात जस्ता अति आवश्यक कुराबाट चतरा तथा उदयपुरबासीहरु वञ्चित हुने गर्दछन् ।
२०२२ साल देखि २०५४ साल सम्म कोसी बाढी पीडित ४२ सय घर परिवारको ८ हजार ६ सय बिगाहा जमिन कोसीको बगरमा परिणत भएको छ। ती कोसी पीडित आफ्नै देशमा आफ्नो नम्बर जग्गाको लालपुर्जा सिरानी मुनि राखेर सुकुम्वासी जीवन व्यतीत गर्न बाध्य छन् । तिनका समस्याको समाधान गर्न हल गर्नु नगरपालिकाको अर्को चुनौती रहेको छ।
Koshi-Katan-3