धरान : धरान–५ निशान देवी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा विष्णु आर्चाय निर्वाचित भएका छन् । 
उपभोक्ता समितिको शनिवार सम्पन्न अधिवेशनले आर्चायलाई निर्वाचित गरेको हो । अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्ष तेन्जीङ्ग तामाङ, सचिव लक्ष्मी राई, सहसचिव दुर्गा प्रसाद दाहाल, कोषाध्यक्ष तारा राई रहेका छन् । सदस्यहरू गोपाल श्रेष्ठ, चन्द्रकुमारी अधिकारी, प्रेम शङ्कर बिक, देवकुमारी याक्खा लिम्बु, जीवन राई, सुजता विक, विमला राई लिम्बु, रिता बिक छन् ।
अधिवेशन समितिका निवर्तमान अध्यक्ष साजन लिम्बुको सभापतित्वमा भएको थियो ।