धरान : छाताचौक स्थित पुरानो अस्पताललाई तत्काल नगर अस्पताल पुनर्स्थापना गरी सञ्चालन गर्न माग भइरहेको छ । त्यहाँ पहिले धरान अस्पताल थियो ।

त्यसैलाई पुनर्स्थापना गर्ने अभियान चलिरहेको बेला धरान नगर प्रमुख हर्क साम्पाङले भने अस्पताल स्थापना भन्दा हाल वीपीको स्वामित्वमा रहेका अस्पतालले चर्चेको जग्गा फिर्ता गर्ने मागलाई प्राथमिकता दिएका छन् ।

उनले धरान उपमहानगरपालिकाको लेटर प्याडमा आज बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ‘जग्गा फिर्ता गर्ने सम्बन्धमा’ लेखेका पत्रमा प्रयोग गरिएको शब्द अमर्यादित भएको भनी सामाजिक सञ्जालमा भाइरल भएको छ ।

स्थानीय सरकारको लेटर प्याडमा नगर प्रमुखले लेखेको पत्रमा धरानमा नगर अस्पताल पुनर्स्थापना र अस्पतालले चर्चेका जग्गा फिर्ता गराउन सकारात्मक भूमिका खेल्ने भन्दा सङ्घीय सरकार तथा वीपी प्रतिष्ठानसँग नकारात्मक द्वन्द्व बढाउने देखिएको छ ।

फेसबुके शैलीमा प्रमुख साम्पाङले लेखेका छन् ‘छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ ‘कुलङघार’ले दलालीमा भुलेर बीपी अस्पताललाई दिई पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज (अङ्ग्रेजीमा) फिर्ता गरिदिनुहोला । धन्यवाद ।’

उनले प्रयोग गरेको ‘कुलङघार’ शब्द अशोभनीय भएकोमा सबैले आपत्तिजनक मान्दै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया जनाएको पाइएको छ ।   

पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले लेखेका छन् ‘हेर ? स्वतन्त्र, स्वतन्त्र, स्वतन्त्र भनेर उफ्रनेहरूले यस्तै खोज्या हो र ? होइन भने एक पटक थाप्लोमा हात राखेर सोचौँ है ? धरान शिक्षा, संस्कृति र सभ्यताको मुहान हो, धरान हामी सबै धरानेको हो । यसको पहिचान नविगारौ, धरानेको बेइज्जत नगरौँ, जय धरान ।’

नेकपा माओवादीका नेता चोत्लुङले लेखेका छन् ‘छि कुलङ्घार, छि, अस्वस्थ सरकार, अस्वास्थ्य मन्त्रालय, अस्वस्थ प्रदेश सरकार, अस्वस्थ धरान नगर सरकार, हैट ?’

पत्रकार विकाश चाम्लिङ ‘कुन चाहिँ कुलङघार हो ?’ रास्वपा धरान सभापति सुमन श्रेष्ठ लेख्छन् ‘एउटा नगर अभिभावक तथा नगर प्रमुख जस्तो व्यक्तिले केन्द्रीय सरकारलाई पठाएको पत्र लज्जास्पद र आपत्तिजनक लाग्यो । यो पत्रमा उल्लेख शब्दहरू पढी आफै मूल्याङ्कन गर्नुस् । जय धरान । हाम्रो राम्रो धरान । हामी धराने ।’

उपप्राध्यापक राजेश विद्रोही ‘धरान र धरानवासीको दुर्भाग्य ।‘ इटहरीका पत्रकार हिमाल दाहाल लेख्छन् ‘नगरपालिकाको लेटरप्याड, मेयरको सही भएको पत्र स्ट्याटस होइन- भाषा देखेर ट्वाँ ?? अर्का पत्रकार गोपाल दाहाल ‘एक कुलङघार चिठी ।’

प्रमुख साम्पाङका श्रमदाता, समर्थक बिसन हाङमाले लेखेका छन् ‘सोझो मान्छे को सोझै पत्र । कुन चाहिँ कुलङघार हो ? प्लिज जग्गा फिर्ता गर्दिनु पर्‍यो ।’

नगर प्रमुखले पत्रमा प्रयोग गरेको कुलङघार शब्द नेपाली भाषामा निकृष्ट व्यक्तिलाई गरिने गालीगलौजको अर्थ प्रयोग गरिन्छ । शाब्दिक अर्थमा कुलको नाम डुबाउने व्यक्ति, वा परिवारको प्रतिष्ठामा दाग लगाउने व्यक्ति भन्ने बुझिन्छ ।

कुल भन्नाले वंश, परिवार, जात वा प्रतिष्ठित घरानालाई जनाउँछ । अंघार भन्नाले विनाश गर्ने, बिगार्ने, नष्ट गर्ने भन्ने अर्थ दिन्छ । ‘कुलङघार’ आफ्नै वंश, परिवार वा कुलको बदनामी गराउने काम गर्ने व्यक्तिलाई भनिन्छ ।

Harka-Kulunghar-letterवीपी प्रतिष्ठानद्वारा पत्रको लेखाइप्रति आपत्ति

यसै बिच वीपी प्रतिष्ठानले आजै विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रीलाई सम्बोधन गरी लेखेको पत्रमा प्रयोग भएको आशय र शब्द उल्लेख गर्दै त्यस्तो खालको शब्दावली प्रति प्रतिष्ठानका गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेको छ ।

२०४९ मा वीपी प्रतिष्ठान स्थापना भएपछि तत्कालीन श्री ५ को सरकारको २०४८ माघ ४ गतेको निर्णय बमोजिम अस्पतालले चर्चेको १ बिघा ४ कट्ठा, १३ दशमलव १ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गर्ने निर्णय भएको जानकारी गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘स्थानीय सरकार प्रमुखबाट ‘सुटुक्कै लगेको’, ‘हडपेको’ जस्ता शब्दावली प्रयोग हुँदा आम जनसमुदायलाई भ्रमित पार्ने र गलत सूचना प्रवाह हुने हुँदा धरानवासीलाई यस प्रकारले बुझिदिनु हुन प्रतिष्ठान अनुरोध गर्दछ ।’

प्रतिष्ठानको विज्ञप्तिको पूर्ण विवरण यस्तो छ :